जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड « Khabarhub

जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ (क)को तेस्रो प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा शिवाकोटीले जेन्जी पुस्ता सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र नवप्रविधिमा बढी क्रियाशील रहेकाले तिनलाई समेट्ने छुट्टै नीति, संवाद र संलग्नता अभियान आवश्यक भएको बताए। साथै, उनले अल्फा जेनेरेसनका लागि पनि दीर्घकालीन दृष्टिका साथ शैक्षिक, सन्देशमूलक र नेतृत्वविकास कार्यक्रमहरू तय गर्नुपर्ने बताए।

सम्मेलनको प्रशिक्षण कार्यक्रममा ‘प्रभावकारी पार्टी सञ्चार र सामाजिक सञ्जालको सदुपयोग’ विषयमा प्रशिक्षण दिएक थिए। शिवाकोटीले फेक न्युज र गलत सूचनाको पहिचान गर्न सक्ने क्षमतायुक्त कार्यकर्ताहरूको पंक्ति निर्माण गर्नु आजको आवश्यकता भएको बताउँदै, यस्ता सूचनाको वैज्ञानिक, संयमित र तथ्यमा आधारित खण्डन गर्नुपर्नेमा जोड दिए।

शिवाकोटीले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग मार्फत पार्टीको नीतिहरू जनमानसमा प्रभावकारी रूपमा पुर्‍याउन सकिने धारणा राख्दै कार्यकर्ताहरूलाई सचेत, रचनात्मक र सत्यनिष्ठ हुन आग्रह गरे ।

उनले भने, ‘अबको प्रतिस्पर्धा केवल सडकमा मात्र होइन, स्क्रिन र सोचमा पनि हो। हामीले तथ्य र विश्वासका माध्यमबाट जनताको मन जित्नुपर्छ।’

कार्यक्रममा नेपाली कांग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानका सदस्य प्रताप पौडेलले पनि प्रशिक्षण दिएका थिए। उनले पार्टीको कार्यगत समन्वय, नीतिगत प्रभावकारिता र राजनीतिक जवाफदेहिताबारे विस्तृत धारणा राखेका थिए।

सम्मेलनम संगठन सुदृढीकरण, कार्यकर्ता प्रशिक्षण, नयाँ पुस्तासँगको संवाद, र स्थानीय तहमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल गरेको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ (क) का सभापति ख्याम तिवारीले जानकारी दिए।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १० : ४४ बजे

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना

पोखरेलीलाई ‘कनेक्टिभिटी’ सहज बनाउन पूर्वेलीको सुझाव

गण्डकी– पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’