चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि « Khabarhub

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई ३-० को फराकिलो अन्तरले हराउँदै चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ। चेल्सीलाई जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे।

खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे।

दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन। ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो। चेल्सीको यो सिजनको दोस्रो उपाधि हो। यस अघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो।

न्यु जर्सीमा भएको फाइनलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ८१ हजार भन्दा बढी दर्शक रङ्गशालामा उपस्थित थिए।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ३८ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु