भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो | Khabarhub Khabarhub

भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकै दिन १४ विकेट पतन भएपछि भारत र इङ्गल्यान्डको तेस्रो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ। सुरुका दिन तीन दिन ब्याटर हाबी भएर बराबरीतर्फ उन्मुख खेल चौथो दिन बलर हाबी भएपछि रोमाञ्चक मोडमा पुगेको हो।

लर्ड्समा जारी टेस्टको पहिलो पारीमा दुवै टोलीले ३८७ रन बनाएपछि दोस्रो पारीमा इङ्गल्यान्डले १९२ रन जोडेको छ। १९३ रनको लक्ष्य पाएको भारतले आइतबार चौथो दिनको खेल सकिँदा ५८ रनमा चार विकेट गुमाएको छ। लोकेश राहुल ३३ रनमा अविजित छन्। यशस्वी जयसवाल, करुण नैर, शुभमन गिल नाइटवाच म्यानका रूपमा आएका आकाश दीप आउट भइसकेका छन्।।

इङ्गल्यान्डका ब्राइडन कर्सले दुई विकेट लिएका छन्। यस अघि इङ्गल्यान्डका लागि जोए रुटले सर्वाधिक ४० रन जोडे। भारतका वासिङ्टन सुन्दरले चार विकेट लिए।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ५४ बजे

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कसल्ट्यान्ट’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै