भानु जयन्ती : एक लाख राशीको ‘शान्ति साहित्य पुरस्कार’ को स्थापना  « Khabarhub

भानु जयन्ती : एक लाख राशीको ‘शान्ति साहित्य पुरस्कार’ को स्थापना 


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भानु जयन्तीको अवसरमा एक लाख राशीको ‘शान्ति साहित्य पुरस्कार’ को स्थापना गरिएको छ । विश्व शान्ति तथा एकीकृत परिवार संघले साहित्यमार्फत विश्व शान्तिको अभियानलाई अगाडि बढाउन ‘शान्ति साहित्य पुरस्कार’ स्थापना गरेको हो । 

कवि रुपसिंह भण्डारीको संयोजकत्वमा संस्थाले हरेक वर्ष उत्कृष्ट एक जना कविलाई एक लाख रुपैयाँको शान्ति साहित्य पुरस्कार दिने निर्णय गरेको हो । भण्डारी मुलत: अंग्रेजी साहित्यमा कलम चलाउँछन् अंग्रेजी कविता संग्रह ‘कन्सियन्स कवान्टम’ का सर्जक हुन् । 

अंग्रेजी साहित्यमामर्फत उनले नेपाली कला, प्रकृति, संस्कृति, पहाड हिमालको प्रवर्द्धन गरिरहेका छन् । साथै, उनले नेपाली भाषामा पनि थुप्रै कविता लेखेका छन् । लामो समयदेखि विश्व शान्ति अभियानमा जोडिएर काम गर्दै आएका उनले साहित्य सिर्जना मानव सभ्यताकै सबै भन्दा उज्यालो रङ हुने भएकाले यसैमार्फत विश्वलाई एक गर्न सकिने बताउँछन् । 

भानु जयन्तीको अवसरमा एक कार्यक्रम गर्दै संघले कविता वाचन कार्यक्रम आयोजना  गरेको थियो । कार्यक्रममा सन्तोष कुमार पोखरेल, स्नेह सायमी र रञ्जना निरौला लगायतका १८ कविहरूले कविता वाचन गरेका थिए ।  

कार्यक्रममा विश्व शान्ति तथा एकीकृत परिवार संघका दक्षिण एसिया निर्देशक कृष्ण अधिकारी, प्रमुख अतिथि भीम उप्रेती, समाजसेवी विनोद डांगी र एच बि खत्री लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : २० बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष