सभामुखको आलोचना गर्दै लिङ्देनको टिप्पणी- यो संसदीय इतिहासकै कालो समय हो « Khabarhub

सभामुखको आलोचना गर्दै लिङ्देनको टिप्पणी- यो संसदीय इतिहासकै कालो समय हो


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा हाल देखिएको अवस्थालाई ‘संसदीय इतिहासको कालो समय’ भनेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भिजिट भिसा प्रकरण छानबिन माग गर्दै आइरहेका दलहरूको माग सुनुवाइ नगरेर संसद् सञ्चालन गरिहेकोमा आपत्ति जनाएका छन् ।

‘यो संसदीय इतिहासकै कालो समय हो । संसद्का दुई महत्त्वपूर्ण पार्टीहरूले डेढ महिनादेखि विरोध जनाइराख्दा जबरजस्ती संसद् चलाउने प्रयास भइराखेको छ,’ लिङ्देनले भने, ‘केवल सरकारको अकर्मण्यता, उदाशीनताको कुरा मात्रै होइन, सभामुख महोदय, तपाईंको आफ्नो कार्यकालको सबभन्दा कालो समयका रूपमा उल्लेख रहने छ ।’ 

उनले संसद्मा ‘छट्टु स्याल’को कथासँग नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको तुलनासमेत गरे ।‘

राजावादीलाई तह लगायौँ, गणतन्त्र विरोधलाई तह लगायौँ भनेर डंका पिटेर जनतालाई भ्रम छरेको त के रहेछ, छट्टु स्यालको कथा पो रहेछ त हँ,’ लिङ्देनले भने, ‘चिल आयो, चिल आयो भन्ने, अनि तल चल्ला टिप्ने ?’

अध्यक्ष लिङ्देनले कांग्रेस–एमाले मिलेर देश लुटेको जनताले टुलुटुलु हेरेर बस्न नसक्ने पनि जिकिर गरे । उनले आफूहरू सरकारका गलत कामको संसद्मा विरोध गरिरहेको स्मरण गराउँदै आवश्यक परे सडक संघर्षमा उत्रिने पनि चेतावनी दिए ।  

‘जनताको ध्यान एकातिर लगेर मन्त्रिपरिषद्मा बसेर सरकरा दुई ठूला–ठूला पार्टी मिलेर बनाएर देश लुटेर बस्ने र अरु जनताले टुलुटुलु हेरेर बस्नु पर्ने ? यो कुरा कदापि सैह्य हुँदैन, सभामुख महोदय,’ उनले भने, ‘यसको प्रतिवाद हुन्छ र हामी संसद्बाट पनि विरोध गरिराखेका छौँ । आवश्यक पर्‍यो भने सडकबाट पनि यसको प्रतिवाद गरिन्छ ।’

उनले भिजिट भिसा प्रकरणमा दुई महत्त्वपूर्ण राजनीतिक दलहरूले विरोधमा उठाइरहेको आवाजलाई गलत ब्याख्या नगर्न पनि सचेत गराए । लिङ्देनले भिजिट भिसामा जाने मानिसको विरोध गरिएको नभएर विदेश जाँदा नागरिकबाट गरिने असुलीको आफूहरूले विरोध गरेको प्रष्टीकरण दिए । 

‘मानिसहरू भिजिट भिसामै जाने हो । तर, भिजिट भिसाको नाममा मानिसहरूबाट योजनावद्ध जुन प्रकारको रकम असुली गरिराखिएको छ,’ उनले भने, ‘बेरोजगार युवाको रोजगार खोज्ने, अवसर खोज्ने जुन चाहनामाथि कमाउने धन्दा सरकारको तर्फबट सुनियोजित तरिकाले सञ्चालन गरिएको छ, त्यसको हामीले विरोध गरेको हो ।’

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १ : ५३ बजे

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको