प्रचण्डले भने- विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो, यस वर्ष थप क्षति हुन दिनुहुँदैन « Khabarhub

प्रचण्डले भने- विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो, यस वर्ष थप क्षति हुन दिनुहुँदैन


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउन आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा बाढी पहिरोका घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले सरकारलाई तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउन आग्रह गरेका हुन् ।

प्रचण्डले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तर्देशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको पनि बताए । 

गत वर्ष राजधानीमै चार घण्टा उद्धार नपाएर नागरिकको मृत्यु भएको घटनालाई स्मरण गर्दै उनले यस वर्ष थप क्षति हुन नदिन सरकारलाई गम्भीर तयारीमा जुट्न आग्रह गरे । 

‘विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टी, माओवादी केन्द्र, वाईसीएल र जनवर्गीय संगठनहरू प्रभावित क्षेत्रमा सक्रिय छन् ।’

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : १६ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर