कञ्चनपुरका स्थानीय तहलाई ‘छाउगोठ’ भत्काउने अभियान चलाउन आग्रह « Khabarhub

कञ्चनपुरका स्थानीय तहलाई ‘छाउगोठ’ भत्काउने अभियान चलाउन आग्रह


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

 महेन्द्रनगर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहहरूलाई ‘छाउगोठ’ भत्काउने अभियान सञ्चालन गर्न आग्रह गरेको छ । स्थानीय प्रशासनले सोमबार पत्र पठाएर कञ्चनपुरका नौवटै पालिकाहरूलाई ‘छाउगोठ’ भत्काउने अभियान सञ्चालन गर्न आग्रह गरेको हो । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘यस जिल्लाका नौवटै स्थानीय तहमा छाउपडी गोठ भत्काई परम्परागत रुपमा चलिरहेको कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले तहाँ पालिकाबाट आवश्यक निर्णय गरी यो सामाजिक कुप्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्नु-गराउनु हुन अनुरोध छ ।’

शनिबार राती कृष्णपुर नगरपालिका–१ मा पर्ने निगाली टोलमा महिनाबारीको समयमा ‘छाउपडी’ गोठमा सुतिरहेकी २८ वर्षीया कमला दमाईको सर्पको टोकाइबाट मृत्यु भएको थियो । 

सर्पदंशबाट कमलाको मृत्यु भएपछि आइतबार कृष्णपुर नगरपालिकाले सूचना जारी गरेर १५ दिनभित्र नौवटै वडामा रहेका ‘छाउपडी’ गोठ अनिवार्य भत्काउन आग्रह गरेको थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : १९ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।