युरोपेली सङ्घका व्यापार प्रमुखले भने– वासिङ्टनसँग वार्ता गर्ने योजना छ « Khabarhub

युरोपेली सङ्घका व्यापार प्रमुखले भने– वासिङ्टनसँग वार्ता गर्ने योजना छ


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० प्रतिशत कर लगाउने नयाँ धम्कीलाई बेवास्ता गर्न ब्रसेल्सले सङ्घर्ष गरिरहेको बेला युरोपेली सङ्घका व्यापार प्रमुखले सोमबार आफ्ना अमेरिकी समकक्षीहरूसँग कुरा गर्ने योजना बनाएको बताए ।

समाचार संस्था एएफपीका अनुसार ईयूका २७ देशहरूको तर्फबाट वार्ताको नेतृत्व गरिरहेका व्यापार आयुक्त मारोस सेफकोभिकले अमेरिकी नेताको धम्कीको बाबजुद पनि, वासिङ्टनसँग वार्ता जारी राख्न तयार रहेको ‘महसुस’ गरेको बताएका हुन् ।

‘म मेरा अमेरिकी समकक्षीहरूसँग फेरि कुरा गर्ने विचारमा छु, किनकि म वास्तविक प्रयास बिना टाढा जाने कल्पना पनि गर्न सक्दिन,’ सेफकोभिकले ब्लकका व्यापार मन्त्रीहरूसामु भने ।

शनिबार ट्रम्पले अगस्ट १ सम्ममा कुनै सम्झौता नभएमा युरोपेली सङ्घमाथि व्यापक कर लगाउने घोषणा गर्दै महिनौंदेखिको कठिन वार्तालाई अवरोधमा पारेका थिए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : १० बजे

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि