आज २०८२ साल साउन २९ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल साउन २९ गते बिहीबारको राशिफल


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अगष्ट १४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सानो कुराले मनमा चिन्ता बढाउने छ। स्वास्थ्य उपचारमा भए सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यक हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। काम सफल बन्नेछ। मनमा खुशी बढ्नेछ। थोरै बोलेर गरेको काम सफल बन्नेछ। व्यापारमा विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्य र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ।

मिथुन : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। आफ्नो मूल्यांकन गर्न नसक्दा खटपटी बढे पनि समयले साथ दिनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारबाट नाफा हुनेछ। सम्पत्ति खर्च भए पनि राजनीतिमा तपाईंको चर्चा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासबाट लाभ हुनेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुन्छ।

सिंह : दिन सामान्य छ। मनमा चिन्ता बढ्ने जोखिम छ। साथीसँगको सहकार्यमा अवरोध सिर्जना हुनेछ। अनावश्यक यात्रामा खर्च बढ्नेछ। यात्रा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा अगाडि बढ्दा दिन सहज बन्नेछ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी लगानीबाट नाफा हुनेछ। विपक्षी शान्त रहेकाले सोचेको काम गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमा विकल्प देखिने छन्। परिवारको हातबाट गरेको लगानीबाट प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। कूटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थयमा समस्या बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु उचित हुन्छ।

धनु : दिन सामान्य छ। सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ। लगानी नगर्नु उचित हुन्छ। परिवालाई समय दिन नसक्दा खटपटी बढ्नेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। नेतृत्वको साथ र सहयोग मिल्नेछ। विपक्षी बौद्धिक भएकाले नम्र भएर काम गर्नुपर्नेछ। शिक्षामा फाइदा हुने योग छ। संकटमा परिवारको साथ मिल्नेछ।

कुम्भ : दिन राम्रो छ। सानो कुराले काममा अवरोध हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने छ। धार्मिक क्षेत्रमा समय कटाएमा दिन सहज बन्नेछ। धार्मिक क्षेत्रमा तपाईंको रुचि बढ्नेछ।

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति नभए पनि परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ५ : ०२ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा