आज २०८२ साल साउन २९ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन २९ गते बिहीबारको राशिफल


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २९ गते बिहीबार। भाद्र कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अगष्ट १४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सानो कुराले मनमा चिन्ता बढाउने छ। स्वास्थ्य उपचारमा भए सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यक हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। काम सफल बन्नेछ। मनमा खुशी बढ्नेछ। थोरै बोलेर गरेको काम सफल बन्नेछ। व्यापारमा विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्य र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ।

मिथुन : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। आफ्नो मूल्यांकन गर्न नसक्दा खटपटी बढे पनि समयले साथ दिनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारबाट नाफा हुनेछ। सम्पत्ति खर्च भए पनि राजनीतिमा तपाईंको चर्चा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासबाट लाभ हुनेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुन्छ।

सिंह : दिन सामान्य छ। मनमा चिन्ता बढ्ने जोखिम छ। साथीसँगको सहकार्यमा अवरोध सिर्जना हुनेछ। अनावश्यक यात्रामा खर्च बढ्नेछ। यात्रा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा अगाडि बढ्दा दिन सहज बन्नेछ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी लगानीबाट नाफा हुनेछ। विपक्षी शान्त रहेकाले सोचेको काम गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमा विकल्प देखिने छन्। परिवारको हातबाट गरेको लगानीबाट प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। कूटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थयमा समस्या बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु उचित हुन्छ।

धनु : दिन सामान्य छ। सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ। लगानी नगर्नु उचित हुन्छ। परिवालाई समय दिन नसक्दा खटपटी बढ्नेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। नेतृत्वको साथ र सहयोग मिल्नेछ। विपक्षी बौद्धिक भएकाले नम्र भएर काम गर्नुपर्नेछ। शिक्षामा फाइदा हुने योग छ। संकटमा परिवारको साथ मिल्नेछ।

कुम्भ : दिन राम्रो छ। सानो कुराले काममा अवरोध हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने छ। धार्मिक क्षेत्रमा समय कटाएमा दिन सहज बन्नेछ। धार्मिक क्षेत्रमा तपाईंको रुचि बढ्नेछ।

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति नभए पनि परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ५ : ०२ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति