पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन् | Khabarhub Khabarhub

पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- जिल्ला कारागार वीरगञ्ज पर्सामा एक जना चिकित्सकको दरबन्दी भए पनि वर्षौंदेखि रिक्त  छ । कारागारमा सातौँ वा आठौँ तहको एक जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल त्यहाँ  एक जना ‘हेल्थ असिस्टेन्ट’ ले मात्रै स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छन् ।

वीरगञ्ज कारागारमा वीरगञ्ज महानगर–२५ का राहुल साह तुरहाको गत मङ्गलबार व्यायाम गर्दा स्वास्थ्यमा जटिल समस्या भएर नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कारगारमा नियमित स्वास्थ्य परीक्षण एवं दरबन्दीअनुसार चिकित्सकको व्यवस्था हुनुपर्ने विषय सार्वजनिक भएको हो ।

जिल्ला कारागार प्रमुख खिमराज भुसालले कारागार व्यवस्थापन विभागसमक्ष दरबन्दीअनुसारको मेडिकल अधिकृतको व्यवस्था गर्न पत्राचार गरेको बताए ।

वीरगञ्ज कारागारमा स्वदेशी एवं विदेशी थुनुवा र कैदी गरी एक हजार ३१० जना  छन् । कारागारमा महिला कैदी पाँच जना, महिला थुनुवा ४२ जना र दुई जना आश्रित बालिका  छन् । विदेशी थुनुवा र कैदी १९९ जना  छन् ।

कारागार ऐन, २०७९ मा  ५०० जनाभन्दा बढी बन्दी रहने प्रत्येक कारागारमा तोकिएबमोजिमको शय्या रहेको एउटा अस्पताल र सोभन्दा कम बन्दी रहने कारागारमा एउटा स्वास्थ्यचौकीको व्यवस्था गर्नुपर्ने व्यवस्था छ । (रासस)

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ८ : २३ बजे

दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड 

काठमाडौं– दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम