माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन  « Khabarhub

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) भर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणलाई साउन २६ गतेदेखि आईपीओ बिक्री गरेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रकम बराबरको १०० रुपैयाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्काशन गरेको हो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ८५ हजार ८२४ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरेको छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई शेयर बाँडफाँड गरे पश्चात बाँकी सर्वसाधारणलाई १५ करोड ४ लाख ७० हजार ७०० रुपैयाँ रुपैयाँ बराबरको शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ खुलेको हो ।

१५ लाख ४ हजार ७०६ कित्ता शेयरमध्ये १ लाख ५० हजार ४७१ कित्ता (१० प्रतिशत) विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि ३० हजार ९५ कित्ता (२ प्रतिशत) कर्मचारीहरूलाई र ७५ हजार २३६ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो ।

बचेको बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ९ : ४० बजे

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि