माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन  « Khabarhub

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) भर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणलाई साउन २६ गतेदेखि आईपीओ बिक्री गरेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रकम बराबरको १०० रुपैयाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्काशन गरेको हो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ८५ हजार ८२४ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरेको छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई शेयर बाँडफाँड गरे पश्चात बाँकी सर्वसाधारणलाई १५ करोड ४ लाख ७० हजार ७०० रुपैयाँ रुपैयाँ बराबरको शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ खुलेको हो ।

१५ लाख ४ हजार ७०६ कित्ता शेयरमध्ये १ लाख ५० हजार ४७१ कित्ता (१० प्रतिशत) विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि ३० हजार ९५ कित्ता (२ प्रतिशत) कर्मचारीहरूलाई र ७५ हजार २३६ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो ।

बचेको बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ९ : ४० बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत