पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै « Khabarhub

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित र असहज समेत बनाएको छ । 

कालोपत्रे सहित सडक स्तरोन्नति जारी रहेको यस सडकखण्डमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ सिरुवारी, अन्नपूर्ण गाउँपालिका– ३ दानाको खामभित्ता, गुइँठेभिर, रुप्सेछहरा, र सुकेबगर, अन्नपूर्ण– ७ को महभिर लगायतका ठाउँमा निरन्तर पहिरो खसेर सडक अवरुद्ध हुने गरेका छन् । 

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत सिरुवारी, गुइँठेभिर, खामभिक्ता लगायतको ठाउँमा पहिरो रहेको र सामान्य रोकथामबाट पहिरोलाई नियन्त्रण गर्न नसकिने अवस्थामा रहेको बेनी–जोमसोम कोरला सडक आयोजनाका योजना प्रमुख ध्रुव कुमार झाले जानकारी दिए । 

उनले भने, ‘बर्षातमा यो क्षेत्रमा निरन्तर रूपमा पहिरो खस्ने गरेको छ, हामीले पहिरोग्रस्त क्षेत्रमा अवरुद्ध हुने सडकलाई डोजर लगाएर खुलाउने गरेका छौँ, तर पहिरोको स्थायी समाधान नभएसम्म बर्खायाममा सडक सुरक्षित बनाउन सम्भव देखिएको छैन ।’

पहिरोग्रस्त क्षेत्रको भूगर्वविद्हरुको टोलीद्वारा विस्तृत अध्ययन गरी रोकथामको लागि प्रक्रिया अघि बढाइएको भए पनि पहिरो नियन्त्रण र रोकथाम योजनामा कुनै पनि निर्माण कम्पनीले ठेक्का प्रक्रियामा भाग नलिएपछि पहिरो रोकथामको योजना अलपत्र परेको छ । 

गत वर्ष आयोजनाले पहिरो नियन्त्रण र रोकथामका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेर ठेक्का आह्वान गरेको भए पनि निर्माण कम्पनीले ठेक्कामा भाग नलिएपछि काम सुरु हुन नसकेको हो । 

चालु आर्थिक वर्षमा समेत पहिरो रोकथाम र नियन्त्रण योजनाको लागि विनियोजन भएको बजेटलाई कार्यान्वयनका लागि ठेक्का प्रक्रिया अघि बढाइएको योजना प्रमुख झाले जानकारी दिए  । 

बेनीदेखि घाँससम्म करिब ४० किलोमिटर सडक खण्डमा १० वटा पहिरो छन् । यस स्थानमा भएका पहिरोको विस्तृत अध्ययन गरे पनि रोकथाम र नियन्त्रणको काम सुरु नहुँदा हरेक बर्खायाममा म्याग्दीको रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङ जिल्लाका सर्वसाधारण तथा पर्यटक र तिर्थयात्रीहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । 

पानी पर्दासाथ पहिरो खस्ने समस्याले सडकयात्रा जोखिमपूर्ण भएको अन्नपूर्ण गाउँपालिका– ३ दानाका वडा अध्यक्ष रमेश पुर्जाले जानकारी दिए  । 

‘यो समयमा रातमा यात्रा गर्न उपयुक्त छैन, ठाउँ ठाउँमा पहिरोले सास्ती दिने गरेको छ, वर्षा नरोकिँदा सम्म बेनी–घाँसा खण्डको यात्रा निकै जोखिमपूर्ण छ’ वडा अध्यक्ष पुर्जाले भने ।  रासस

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : ५३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले