एक हप्ताभित्र वार्षिक कार्ययोजना बुझाउन मातहतका अस्पताल र निकायलाई मन्त्रालयको परिपत्र « Khabarhub

एक हप्ताभित्र वार्षिक कार्ययोजना बुझाउन मातहतका अस्पताल र निकायलाई मन्त्रालयको परिपत्र


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरू र स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्र व्यावसायिक योजना पेश गर्न निर्देशन दिँदै परिपत्र गरेको छ । 

मन्त्रालयले मातहतका अस्पताल, स्वास्थ्य संस्था तथा विभागहरूको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्ने, योजनाबद्ध रूपमा कार्यहरू अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले यो परिपत्र जारी गरेको हो । 

मातहतका कार्यालयबाट प्राप्त हुने व्यावसायिक योजनाको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका स्वास्थ्य संस्थाहरूबीच कार्य सम्पादन सम्झौता गर्ने तयारी पनि मन्त्रालयले गरेको छ । 

यो सम्झौताले अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई थप जबाफदेही र नतिजामुखी बनाउने अपेक्षा गरिएको छ  हाम्रो मुख्य उद्देश्य स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नु र हरेक संस्थालाई आफ्नो लक्ष्यप्रति जिम्मेवार बनाउनु हो, मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, कार्य सम्पादन सम्झौताले हरेक संस्थाको वार्षिक कार्ययोजना र त्यसको प्रगतिको स्पष्ट मापन गर्न सहयोग पुग्नेछ । 

विगतमा बजेट भाषणमा समावेश भएका अधिकांश स्वास्थ्य कार्यक्रमहरू कार्यान्वयनमा नआएको र बजेट समयमै खर्च हुन नसकेको जस्ता गुनासाहरू आउने गरेका थिए ।

महालेखा परीक्षकको प्रतिवेदनले समेत पटक पटक यस्ता विषयहरूलाई औँल्याउँदै आएको छ। यही समस्यालाई सम्बोधन गर्न मन्त्रालयले यस पटक आर्थिक वर्षको सुरुवातमै सक्रियता देखाएको हो ।

यसअघि पनि स्वास्थ्य संस्थाहरूको स्थापना, सञ्चालन तथा स्तरोन्नति सम्बन्धी निर्देशिका, २०७० मा प्रस्तावित स्वास्थ्य संस्थाका लागि व्यावसायिक कार्य योजना आवश्यक पर्ने उल्लेख थियो ।

यद्यपि, हाल सञ्चालनमा रहेका सबै संघीय संस्थाहरूलाई एकै पटक व्यावसायिक योजना पेश गर्न परिपत्र गरिएको यो नै पहिलो पटक भएको मन्त्रालयका उच्च तहका कर्मचारीहरू बताउँछन् ।

विभिन्न सरकारी निकायहरूमा कार्य सम्पादन सम्झौताको अभ्यास पहिलेदेखि नै हुँदै आएको छ । अब स्वास्थ्य क्षेत्रमा पनि यसलाई प्रभावकारी रूपमा लागू गर्न लागिएको हो ।

यो सम्झौताले स्वास्थ्य संस्थाहरूलाई आफ्नो स्रोत र साधनको अधिकतम उपयोग गर्दै विशिष्टीकृत सेवा विस्तार गर्न र समग्र स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ पार्न मद्दत गर्ने विश्वास मन्त्रालयले लिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  २ : ४५ बजे

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण