कारागार सुधारका लागि संसदीय अध्ययन समिति गठन गरौँ : एनपी साउद | Khabarhub Khabarhub

कारागार सुधारका लागि संसदीय अध्ययन समिति गठन गरौँ : एनपी साउद


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले देशभरका कारागारमा देखिँदै आएका विभिन्न समस्याहरूको दीर्घकालीन समाधानका लागि संसदीय अध्ययन समिति गठनको माग गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले कारागारहरूमा देखिने गरेका विभिन्न समस्या समाधानको दीर्घकालीन समाधानका लागि संसदीय अध्ययन समिति गठनको माग गरेका हुन् । 

‘गृह प्रशासन सुधार योजना, २०७८ अन्तर्गत जारी कारागार सुधार अवधारणापत्र, २०७९ को प्रतिवेदन कार्यान्वयन गर्न तथा कारागार सुधारसम्बन्धी प्रक्रियाको व्यापक अध्ययन गरेर यो समस्याको दीर्घकालीन रुपमा समाधान गर्न एउटा संसदीय अध्ययन समिति गठन गर्न माग गर्दछु,’ साउदले भने । 

कैदीबन्दीहरू पनि समाजका नागरिक भएकोमा जोड दिँदै नेता साउदले उनीहरूको अधिकारको रक्षा गरेर सुधारको बाटो देखाउनु नै सभ्य र उत्तरदायी राज्यको पहिचान भएको बताए । 

पूर्वपरराष्ट्रमन्त्री साउदले सरकारलाई तत्कालै ठोस र दीर्घकालीन सुधार योजना ल्याउन आग्रह गरे । कारागारको संरचना सुधार र क्षमताअनुसारको संरचना निर्माण गरेर स्वास्थ्य सेवा, स्वच्छता, पौष्टिक आहार र मानसिक स्वास्थ्य कार्यक्रमहरूको सुनिश्चितता गरिनुपर्ने उनको भनाइ थियो । 

साउदले कारागारमा भीडभाड कम गर्न वैकल्पिक सजायको व्यवस्था र हिंसात्मक घटना रोकथामका लागि तालिमप्राप्त जनशक्ति र सुरक्षा संयन्त्रको सुदृढीकरण हुनुपर्ने पनि बताए । उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुनःस्थापना र पेशागत तालिम कार्यक्रम विस्तारमा पनि जोड दिए । कानूनले तोकेको स्वास्थ्य सेवा, पौष्टिक खाना, स्वच्छ पानी, मनोरञ्जन र पुनःस्थापना कार्यक्रमको व्यवस्था अधिकांश जेलमा पर्याप्त नभएको साउदले बताए । 

उनले राष्ट्रिय मानव अधिकार आयोगलाई उद्धृत गर्दै साउन २४ गते कैलाली कारागारमा कैदीबन्दीहरूबीच भएको मुठभेडबाट उत्पन्न घटना, वीरगञ्ज कारागारमा कैदीको मृत्यु, रूपन्देही जिल्ला कारागारलगायत अन्य जिल्लाका कारागारहरूमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिँदा न्यूनतम मानव अधिकारको संरक्षणसमेत हुन नसकेको अवस्था रहेको बताए ।  

साउदले देशभरका ७५ वटा कारागारमा झण्डै १८ हजार २८३ कैदी र १० हजार ४३५ जना थुनुवा गरी २८ हजार ७१८ कैदीबन्दी रहेका पनि सदनलाई जानकारी गराए ।

 ‘त्यसबाहेक १४२७ जना विदेशी नागरिकहरू समेत छन् । यीमध्ये धेरैजसो जेलहरू क्षमताभन्दा दोब्बर बढी कैदी राखेर सञ्चालनमा छन्,’ उनले भने, ‘जसले भीडभाड, स्वास्थ्य जोखिम, हिंसात्मक घटना र मानवअधिकार उल्लंघनको समस्या निम्त्याएको छ ।’

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  २ : ४८ बजे

मधेशमा पर्यटन प्रवर्द्धन गर्न भारतीय रक्षामन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं– मधेश प्रदेशका धार्मिक एवम् ऐतिहासिक पर्यटकीय स्थललाई छिमेकी मुलुक

प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य

एकताको तयारीसहित जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएका

लाइफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्‍यो १० प्रतिशत बोनस 

काठमाडौं– लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को २३ औँ वार्षिक साधारणसभाले

म:ममा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौं – काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता