मुख्यमन्त्री बानियाँलाई उपप्रधानमन्त्री सिंहको बधाई « Khabarhub

मुख्यमन्त्री बानियाँलाई उपप्रधानमन्त्री सिंहको बधाई


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बधाइ दिएका छन् । 

शहरी विकास मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री सिंहले मुख्यमन्त्री बानियाँलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । 

 सफल, पारदर्शी र जनमुखी कार्यकालको शुभकामना दिँदै उपप्रधानमन्त्री सिंहले बागमती प्रदेशका प्रमुख शहरी पूर्वाधार निर्माण, स्मार्ट सिटी परियोजना, अव्यवस्थित बसोबासको पुनः व्यवस्थितीकरण र वातावरणमैत्री विकासका कार्यक्रमबारे संघ र प्रदेश सरकारबीच राम्रो सहकार्य हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : ०४ बजे

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने