संसद्‍मा कृषिमन्त्रीको जवाफ- मल खरिद गर्न पर्याप्त बजेट नै छैन « Khabarhub

संसद्‍मा कृषिमन्त्रीको जवाफ- मल खरिद गर्न पर्याप्त बजेट नै छैन


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिद गर्न पर्याप्त बजेट नभएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले मलमा अत्यधिक अनुदान रहेका कारण उपलब्ध बजेटले सम्बोधन गर्ने गरी मल ल्याउन कठिन भएको बताए । उनले अहिले युरिया मलमा ८२ प्रतिशत, डिएपीमा ८४ र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको जानकारी दिए  ।

हाल वार्षिक मलको माग १३ लाख टन रहेकोमा चालू आर्थिक वर्षमा ६ लाख टन आपूर्ति गर्ने मन्त्रालयको योजना रहेको उनले बताए । खरिद गरी ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्रमा प्रदेश सरकारमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको उनले बताए  ।

मन्त्री अधिकारीले आफू मन्त्रालयमा आएपछि मल आपूर्तिलाई सहज बनाउन प्राथमिकताका साथ काम गर्दै आएको जिकिर गरे । 

उनले मलको आपूर्ति तथा वितरण कार्यलाई सहज बनाउन कानुनी तथा प्रक्रियागत कार्यलाई सहज बनाइएको र समयमा नै मल ल्याउन सार्वजनिक खरिद नियमावलीमा उचित व्यवस्था गरिएको धारणा राखे । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : १७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित