पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड सम्पत्तिको खुलेन स्रोत « Khabarhub

पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड सम्पत्तिको खुलेन स्रोत


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपस्थित पर्यटन विभागका एकजना निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार यादवले २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको सेवाअवधिमा वैधानिक स्रोतबाट प्राप्त आयभन्दा बढी खर्च र लगानी गरेको पाइएको छ।

उक्त अवधिमा यादव र उनका परिवारको नाममा कुल २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँ ७२ पैसा आय देखिएको छ । तर खर्च र लगानी ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा पुगेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।

उनले कमाएको सम्पत्तिमध्ये करिब ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसाको स्रोत पुष्टि नभएकाले उक्त रकम बराबरको बिगो कायम गरेर मुद्दा चलाइएको आयोगले जनाएको छ।

यादवमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र गैरकानूनी सम्पत्ति जफतको माग दाबी गरिएको छ।

यादवले सार्वजनिक पदमा रहँदा आर्जन गरेको केही सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको प्रमाण फेला परेको पनि आयोगले जनाएको छ। आशा कुमारीको नाममा रहेको उक्त सम्पत्ति पनि जफतका लागि पनि अख्तियारले पति-पत्नी दुवैलाई प्रतिवादी बनाएर मुद्दा चलाएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : ५८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित