मधेशमा पर्यटन प्रवर्द्धन गर्न भारतीय रक्षामन्त्रीलाई ज्ञापन पत्र « Khabarhub

मधेशमा पर्यटन प्रवर्द्धन गर्न भारतीय रक्षामन्त्रीलाई ज्ञापन पत्र


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशका धार्मिक एवम् ऐतिहासिक पर्यटकीय स्थललाई छिमेकी मुलुक भारतसँग जोड्न र प्रचार–प्रसारका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाइएको छ ।

मधेश प्रदेशले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गतको ‘घुमौँ मधेश, बुझौँ मधेश’ कार्यक्रमका संयोजक विकासकुमार ठाकुरमार्फत् रक्षामन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएको हो ।

संयोजक ठाकुरले बिहीबार भारतको राजधानी नयाँ दिल्लीमा सिंहलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘हामी भारत सरकारबाट मधेश प्रदेशको सांस्कृतिक, ऐतिहासिक एवम् धार्मिक पर्यटन स्थलहरूको विकास र प्रवर्द्धनमा सहयोगको आशा राख्दछौँ ।’

मधेश प्रदेशले भारत सरकारसँग मधेश प्रदेशको सांस्कृतिक, ऐतिहासिक एवम् धार्मिक पर्यटन स्थलहरूको विकास र प्रवर्द्धनका लागि विभिन्न १० बुँदे मागहरू पनि राखेको छ ।

यस्ता छन् माग

१. नेपाल सरकार र भारत सरकारले आपसमा समन्वय गरेर ‘रामायण सर्किट’अन्तगर्त जनकपुरधामलाई विशेष रूपमा समावेश ।
२. भारत सरकारद्वारा जनकपुर–अयोध्या धार्मिक पर्यटन करिडोरलाई अझै सशक्त बनाउन ।
३. भारतबाट मधेश प्रदेशसम्मका धार्मिक स्थलहरू लागि विशेष पर्यटक बस सेवा-ट्रेन सेवा सुचारु गर्न ।
४. मधेश प्रदेशमा भारतीय लगानी र प्राविधिक सहयोगद्वारा पर्यटन आधार ढाँचाको विकास ।
५. जनकपुरधाम–अयोध्या सीधा नियमित हवाई सेवा प्रारम्भ ।
६. भारतको पर्यटन नीतिमा मधेशका प्रमुख धार्मिक स्थलहरूलाई बोर्डर टुरिज्मअन्तर्गत समावेश गर्न ।
७. ती स्थलहरूको प्रचार–प्रसारका लागि संयुक्त सांस्कृतिक पर्यटन अभियान सञ्चालन गर्न ।
८. भारतीय पर्यटन मन्त्रालयद्वारा मधेशका प्रमुख धार्मिक स्थलहरूलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन मानचित्रमा स्थान दिलाउन ।
९. श्री रामजन्मभूमि आयोध्या र बाबा विश्वनाथको नगरी वाराणसीमा डिजिटल बोर्ड राखेर मधेशका धार्मिकस्थलहरूबारे विस्तृत जानकारी समेट्न ।
१०. ‘सिया विन राम अधुरा, इसलिए पहले अयोध्या फिर जनकपुरधाम’ को नाराका साथ आयोध्यामा जनकपुरधामका प्रचार गर्न ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ४ : ४८ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी