ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते | Khabarhub Khabarhub

ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको केए–४३६८५६ भारतीय नम्बरप्लेट भएको ट्रकमा इच्छाकामना गाउँपालिका–तीन नम्बर पुल नजिकै सडकमाथिबाट ढुङ्गा खस्दा ट्रक चालक भारतीय नागरिक ४५ वर्षीय मेगु प्रसाद, उनका छोरा १८ वर्षीय सयद अफिद र ट्रकमै सवार २१ वर्षीय नहमान धुनियाँ घाइते भएका हुन् । 

चालक मेगु प्रसादको टाउकोमा गम्भीर चोट लागेको छ। अन्य दुईको अवस्था सामान्य छ । तीनै जनाको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ५ : ५४ बजे

मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने : युगान्तकारी कामको योजना बनाउनुस्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम

सुडानका १७ क्षेत्र गम्भीर भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ

काठमाडौं – संयुक्त राष्ट्रसंघले सुडानका १७ वटा क्षेत्रहरू हाल गम्भीर

जलाशय सफा गर्न विद्युत उत्पादन बन्द

दोलखा– राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले साउन ३१