लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ | Khabarhub Khabarhub

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

तानसेन– लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल शेयर सदस्यहरूको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका छन् ।

सहकारी ठगी कसुरसम्बन्धी मुद्दामा व्यवस्थापक बमरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। व्यवस्थापक बमरेलमाथि दुई करोड ८७ लाख ५७ हजार सहकारीको रकम ठगी गरेको आरोप छ । 

‘सहकारी संस्थामा कार्यकारी प्रमुख तथा व्यवस्थापक भई काम गर्ने क्रममा सर्वसाधारण शेयर सदस्यले बचत गरेको रकम गैरकानुनी तवरबाट आफ्नो व्यक्तिगत पारिवारिक प्रयोजनमा खर्च गरी ठगी गरेको जाहेरी परेपछि बमरेललाई पक्राउ गरिएको हो’, उनले भने। 

सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि बमरेललाई २०८१ माघ २६ गते व्यवस्थापकको जिम्मेवारीबाट हटाइएको थियो । रकम अपचलन भएको थाहा भएपछि प्रहरीमा जाहेरी दिएको उक्त सहकारीका अध्यक्ष सुवि विश्वकर्माले बताइन्। 

रम्भा गाउँपालिका–४ मा प्रधान कार्यालय रहेको उक्त सहकारीमा करिब तीन हजार ५०० शेयर सदस्य छन् । व्यवस्थापक बमरेलले विभिन्न व्यक्तिका नाममा रकम लिएको आरोप छ । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ७ : २६ बजे

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको

टप एन्ड टी–२० : पाकिस्तान शाहिन्सको विजयी सुरुवात

काठमाडौं – अस्ट्रेलियाको डार्विनस्थित टीआईओ मैदानमा आजबाट सुरू भएको टप

मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने : युगान्तकारी कामको योजना बनाउनुस्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम