सुडानका १७ क्षेत्र गम्भीर भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ « Khabarhub

सुडानका १७ क्षेत्र गम्भीर भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसंघले सुडानका १७ वटा क्षेत्रहरू हाल गम्भीर खाद्य अभावको सम्भावित जोखिममा रहेको गम्भीर चिन्ता व्यक्त गरेको छ । ती क्षेत्रहरूमा दार्फुर, नुबा पहाड, खार्तुम तथा गेजीरा क्षेत्रहरू मुख्यरूपमा उल्लेख गरिएका छन् ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफान डुजारिकका अनुसार, एक वर्षअगाडि उत्तर दार्फुर राज्यको जमजम विस्थापित शिविरमा भोकमरीको पुष्टि भएको थियो । त्यसयता उक्त अवस्था दार्फुर र कोर्डोफानका अन्य भागहरूमा समेत फैलिएको छ ।

सबैभन्दा संकटग्रस्त क्षेत्र अहिले उत्तर दार्फुरको राजधानी एल फाशेर रहेको छ । संयुक्त राष्ट्रसंघको खाद्य कार्यक्रमले सो क्षेत्रमा मानवीय सहायता पु¥याउन अनुमति दिन आग्रह गरेको छ, किनभने स्थानीय बासिन्दाहरू कष्टकर भोकको अवस्थामा छन् ।

प्रवक्ताका अनुसार, केही मानिसहरू पशुचारा र कुहिएको खाना खाएर जीवित रहन बाध्य भएका छन् । खाद्य कार्यक्रममार्फत करिब दुई लाख ५० हजार मानिसलाई नगद सहायता दिइएको छ, जसबाट उनीहरूले बजारमा सीमित मात्रामा पाइने खाद्यान्न खरिद गर्न सक्छन् । तर आवश्यकताको स्तर अत्यन्तै बढ्दो छ ।

डुजारिकले भने,“हामी सबै लडाकु पक्षहरूलाई हिंसा अन्त्य गर्न, वार्तामा बस्न, र जनताको हितलाई प्राथमिकतामा राख्न आग्रह गर्दछौं ।”

सन् २०२३ को चैतदेखि सुडानमा सुरु भएको सशस्त्र द्वन्द्वले दशौं हजार नागरिकको ज्यान लिएको छ र लाखौं मानिसहरू विस्थापित भएका छन् । देश अहिले गहिरो मानवीय संकटमा फसेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ८ : ११ बजे

रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रवासमा रहेका

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी