पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद « Khabarhub

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा लुकाइराखेको १९१ रासायनिक मल बरामद गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा कृषि सामग्री कम्पनी, साल्टटेडिङ कर्पोरेसन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार राति सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा सरकारी अनुदानको रासायनिक मल जम्माखोरी गरी राखेको र बजार मूल्यभन्दा धेरैमा बिक्री गरेको गुनासोका आधारमा अनुगमन गर्दा दुई स्थानबाट १९१ बोरा मल बरामद भएको हो ।

साल्ट्रटे«डिङ कर्पोरेसन प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी सञ्जयकुमार गुप्ताले अनुगमनका क्रममा सरकारी अनुदानको मल गलत ढङ्गले बिक्रीवितरण गर्दै आइरहेको अनुगमनका क्रममा सो मल बरामद् भएको जानकारी दिए ।

“मल बिक्री गर्ने अनुमति नभएकाले मलको मूल्यभन्दा अत्यधिक धेरै मूल्य राखेर बिक्रीवितरण गर्दै आइरहेको भेटियो”, उनले भने, “मल बरामद भए पनि सो मल कारोबारमा संलग्न हुने व्यक्ति भने फरार छन् ।” सो अनुगमन समितिले सखुवाप्रसौनी गाउँपालिका– ३ कटैयाका ढाँडी अन्सारी भनिने युनिस अन्सारीको घरबाट सञ्चित अवस्थामा राखेको डिएपी २७ बोरा र पोटास २३ बोरा मल बरामद गरेको छ ।

टोलीले सोही ठाउँका शाह महमद मलखाद भण्डारका सञ्चालक शाह महमद अन्सारीले आफ्नो घरमा लुकाइराखेको १४१ बोरा रासायनिक मल बरामद गरेको छ । जसमा डिएपी मल नौ बोरा, पोटास मल १८ बोरा र सिङ्गल सुपर फस्फेट मल ११४ बोरा बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ९ : ५८ बजे

नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

गण्डकी– हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।