विवादसँगै प्रश्न उठेपछि सुदन गुरूङ मन्त्री नबन्ने « Khabarhub

विवादसँगै प्रश्न उठेपछि सुदन गुरूङ मन्त्री नबन्ने


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हामी नेपाली अभियानका संयोजक तथा जेन-जी आन्दोलनका अभियान्ता सुदन गुरुङ मन्त्री नबन्ने उनीनिकटहरूले बताएका छन् ।

शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पदर ग्रहण गरेर तीन सदस्य मन्त्रिमण्डल गठन गर्ने तयारी गरेकी थिइन्।

तर मन्त्री बन्नेहरूको नाममा विवाद हुँदा उनले मन्त्रिपरिषद् गठन गर्न सकेकी थिइनन् । मन्त्रीहरूको नाम टुङ्गो नलागेपछि कार्कीले आइतबार मात्रै पदभार ग्रहण गरेकी छन् ।

सुरुमा प्रधानमन्त्री नियुक्ति बनेपछि कार्कीले विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका पूर्वकानुनी सल्लाहकार ओम प्रकाश अर्याल, जेनजीका तर्फबाट सुदन गुरुङलाई मन्त्री बनाउने चर्चा चलेको थियो ।

तर अर्याल र घिसिङको विषयमा विवाद नभए पनि गुरुङको नाममा समस्या भएको थियो।

गुरुङ क्यासिनो सञ्चालक, भारतीय युवा भएको, जेन-जी पुस्ताभन्दा उमेरले वरिष्ठ व्यक्ति भएको लगायत आरोप लगाएपछि उनी मन्त्रीको चहानाबाट पछि हटेको बताइन्छ।

यी आरोप आएपछि गुरुङ रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर रोएका थिए। उनीले आफू नेपाल बचाउन र नेपाली जनताको भविष्य उज्ज्वल बनाउन आन्दोलन गरेको बताउँदै स्वार्थी समूहले मन्त्री बन्ने होडमा आन्दोलन गरेको बताएका छन् । नेपाली नागरिक समेत नरहेको आरोप लागेपछि आफूले मन थाम्न नसकेको उद्घोष गरेका थिए।

त्यहाँ उनले भनेका थिए, ‘म नेपाली नागरिक नै हुँ।’ त्यो बेला पनि गुरुङले आफू कुनै पनि मन्त्रालय नसम्हाल्ने र मन्त्री बन्ने होडमा नरहेको बताए ।

तर जेन-जी उनलाई मन्त्री बनाउने कुरा फाइनल भएको बताए पनि अहिले उनी मन्त्री नबन्ने स्थितिमा छन् ।

जेन-जी तथा गुरुङको पार्टनर रहेका अनिल बानियाँका अनुसार गुरुङले कुनै पनि मन्त्रालय सम्हाल्ने छैनन् ।

‘सुदन दाइ मन्त्री बन्नुहुन्न उहाँले आफू मन्त्री बन्न नसक्ने कुरा हामीलाई बताइरहनुभएको छ । हामिले उहाँलाई रिक्वेस्ट गरेको हो तर म जाँदिन भन्नुभयो’, बानियाले खबरहबसँग भने, ‘मैले नेपाली बचाउन र नेपाली जनताको मुहारमा हाँसो छर्न आन्दोलन गरेको हो । म मन्त्री बन्ने र स्वार्थमा हिँड्ने व्यक्ति होइन भन्नुहुन्छ । उहाँले एक्सपर्टलाई मन्त्रालयमा पठाएर नेपालीको सपना पूरा गर्नुपर्छ भनिरहनुभएको। “

यस्तै जेन-जी अर्का युवा आशिष तामाङ पनि गुरुङले आफू मन्त्री नबन्ने भन्दै प्रधानमन्त्रीलाई समेत सूचना दिइसकेको दाबी गर्छन् ।

बानिया र तामाङका अनुसार अहिले जेन-जी र प्रधानमन्त्री कार्की सम्भावित मन्त्रीबारे आन्तरिक छलफलमा छन् । गोरखाबाट नागरिकता बनाएका गुरुङ अहिले धरानमा व्यवसाय गर्छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : ०३ बजे

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल