जेन-जी प्रदर्शनको हिंसाबारे प्रधानमन्त्रीले भनिन्‌- योजनाबद्ध षडयन्त्र भएको लागेको छ « Khabarhub

जेन-जी प्रदर्शनको हिंसाबारे प्रधानमन्त्रीले भनिन्‌- योजनाबद्ध षडयन्त्र भएको लागेको छ


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशका अत्यावश्यक संस्थाका कार्यालय र फाइल नष्ट गर्न योजनावद्ध षडयन्त्र भएको आफूलाई लागेको बताएकी छिन्‌ ।

अहिले सिंहदरबारमा भइरहेको पदभार तथा परिचयात्मक कार्यक्रममा बोल्दै अन्तरिम सरकारकी प्रमुख कार्कीलेउ मुलुकलाई जुनजुन संस्था अन्त्यन्त आवश्यक संस्थाहरूमै छानिछानी प्रहार भएको बताइन्‌ ।

भदौ २३ गते भएको जेनजी प्रदर्शनमा सरकारले दमन गरेपछि भोलिपल्ट २४ गते निस्किएको अनियन्त्रित प्रदर्शनको मौका छोपी अराजक समूहले देशभर न्यायालय, सुरक्षा कार्यालय र सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरेको थियो ।

‘यसपल्टको यो जुन हत्या हिंसा भयो, यो मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरू छ, त्यसमा छानिछानी प्रहार भएको छ । प्रहरीहरू सुरक्षाका लागि अनिवार्य छ, तिनलाई प्रहार भयो’, कार्कीले भनिन्‌, ‘प्रहरी बीट र कार्यालय जले, अदालतका फाइलहरू नष्ट भएर गयो । हाम्रै सिंहदरबारभित्रका पनि कयौँ त्यस्तो पुराना फाइलहरू नष्ट भएर गयो । बडो आश्चर्यको कुरा छ कि किन यसरी देशका अत्यन्त आवश्यक संस्थाहरू, सिंगो देशको शासन चलाएको छ, ती भवनहरू र ती मिसिल, ती कागजहरू नष्ट भयो । यो देखेर मलाई अलिकति लाज पनि लागेको छ ।’

कार्कीले थपिन्‌, ‘नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरू लुट्ला, भत्काउला बेग्लै ! तर यो घटना त मलाई लाग्छ – यो देशमा पहिलोचोटी भएको हो । हाम्रा संस्थाहरू अनुहार देखाउन नसक्ने अवस्थामा पुर्‍याएर गरेको छ । मलाई त जहाँसम्म लाग्छ – यो एउटा योजनावद्ध रूपमा षडयन्त्र नै भएको हो कि ! यो अनुसन्धान हुन बाँकी छ ।’

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : १६ बजे

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै