रास्वपा नेताको नेतृत्वमा जलाइएको थियो काभ्रेमा कांग्रेस-एमाले नेताहरूको घर « Khabarhub

जेन-जी आन्दोलनमा घुसपैठ

रास्वपा नेताको नेतृत्वमा जलाइएको थियो काभ्रेमा कांग्रेस-एमाले नेताहरूको घर

भिडियो सार्वजनिक हुन थालेपछि दुवैले छाडे पार्टी


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काभ्रे- गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनमा घुसपैठ भएको कुरा बिस्तारै खुल्न थालेको छ ।

जेन-जीले घोषणा गरेको शान्तिपूर्ण राजावादी, माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि घुसपैठ गरेर कांग्रेस-एमाले नेताहरुको घर जलाएको खुलेको छ ।

यसरी जेन-जीनको आन्दोलनमा कांग्रेस र एमाले नेताहरूको घर र सम्पत्ति जलाउन जुटेका राष्ट्रिय स्वन्त्र पार्टीका दुई नेताले राजीनामा दिएका छन् ।

काभ्रेपलाञ्चोकका विद्यालय, सरकारी संरचना र नीजि सम्पत्तिमा आगजनी र तोडफोडका क्रममा रास्वपा नगर सभापति विवेक भट्टराई र वडा इन्चार्ज सुर्दशन तिमल्सिनाले नेतृत्व गरेको खुलेको छ।

तिमल्सिना रास्वपा पनौती नगर कमिटीका सदस्य हुन् । रास्वपाले शिक्षकलाई राजनीतिक गर्न निषेध गरे पनि उनै तिमल्सिना तोडफोड र हिंसामा उत्रेको भिडियो र फोटो अहिले भाइरल भइरहेको छ ।

उता रास्वपा पनौनी नगर सभापति भट्टराई काठमाडौँ विश्वविद्यालयअन्तर्गतको कुप्स विद्यालयका स्थायी शिक्षकसमेत हुन् । भट्टराई ल्याब टेक्निसियन पदमा कार्यरत छन् ।

ल्याब टेक्निसियनका रुपमा कार्यरत रहे पनि विद्यालयले उनी स्थायी शिक्षकका रुपमा कार्यरत रहेको जवाफ दिएको छ । काठमाडौँ विश्वविद्यालय अन्तर्गतको कुप्समा यस्तै शिक्षकहरू दर्जनौँ छन् । शिक्षक नियुक्त हुँदा राजनीति गर्न नपाउने आचार संहिताविरीत भट्टराई रास्वपा नगर सभापति बनेका थिए । उनै भट्टराईले अरु शिक्षकलाई राजनीतिक गर्न नहुने बताइरहँदा जेन-जीको आन्दोलनमा घुसपैठ गरेर नेताहरूको घर जलाउन हिँडेको खुलेको छ।

भट्टराई पनौतीमा भएको हिंसात्मक आन्दोलनमा आगोको पुल्ठो बोकेर नेताहरूका घर र संरचना जलाउँदै हिँडेको भिडियो बाहिरिएको छ । उनले नेतृत्वको गरेको भिडले विध्वंश मच्चाउँदै हिँडेको भिडियो अहिले भाइरल भएको छ।

भट्टराई नेतृत्वको समूहले पनौती नगरपालिका-२ कुशादेवीस्थित पूर्वनगर प्रमुख भीम न्यौपानेको घर जलाए । अर्का नेता सुर्दशन तिमल्सिना पनि पनौती-२ कुशादेवीकै बासिन्दा हुन् ।

तिमल्सिनाले आन्दोलनका क्रममा गल्ती भएको स्विकारेका छन् । ‘मबाट कमजोरी भएकै हो, त्यो मैले स्वीकार्नु पर्छ । अस्तिका दिन म त्यो कार्यक्रमा सहभागी हुनु हुँदैन थियो’, उनले सामाजकि सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो सहभागिताकै कारण सबै आक्षेप मलाई लगाउनु जायज हुँदैन । कयौँ व्यक्तिालई मैले रोजेको पार्टीप्रति गलत धारणा थियो ।’

यस घटनाका भिडियो बाहिरिएपछि उनले रास्वपाको नगरसभापति पद पनि त्यागेक छन् । यस घटनासँगै उनले रास्वपाको नगर सभापति पदमा नरहेको जानकारी गराएका छन् । उनले रास्वपा नगर सदस्यको पद पनि त्यागेको बताएका छन् ।

‘नहुनुपर्ने घटना भए, सम्पूर्ण घटनाप्रति दु:ख ब्यक्त गर्दछु’, तिमल्सिनाले भनेका छन् ।

भट्टराई र तिमल्सिनाको नेतृत्वमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, पनौतीका नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा र क्याप्टेन एवम् अन्नपूर्ण मिडिया नेट्वर्कका मालिक रामेश्वर थापाको घर तोडफोड र आगजनी भएको थियो । पूर्व प्रमुख न्यौपानेको घरमा आगजानी र तोडफोड गर्दा उनीहरू देखिएका थिएनन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : २१ बजे

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू

भोजपुरको हसनपुरबाट ८२६ किलो गाँजा बोकेको ट्रयाक्टरसहित नौजना पक्राउ

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवास्थितबाट ८२६ किलो ६६० ग्राम लागु