‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने « Khabarhub

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति असोज १३ अर्थात् फूलपातीबाटै प्रदर्शनमा आउने भएका छन् ।

‘माइतीघर’का निर्माता रोहित अधिकारी, ‘बलिदान’का निर्देशक तथा निर्माता सन्तोष सेन र ‘हरिबहादुरका जुत्ता’का निर्माता मोहितवंश आचार्यले पूर्वनिर्धारित मितिमै फिल्म प्रदर्शनमा आउने खबरहबलाई बताए ।

हाल हल बन्द रहेकाले ट्रेलर सार्वजनिकको काम अन्योलमा रहे पनि फिल्म उक्त मितिमै ल्याउने पक्का ‘माइतीघर’का निर्माता रोहितले बताए ।

उनी भन्छन्, ‘बन्द रहेका हल खुले यो साता नै फिल्मको ट्रेलर सार्वजनिक गर्नेछौं ।’

चलचित्र क्षेत्र चलायमान बनाउनका लागि पनि प्रदर्शन मिति हेरफेर नगरेको उनले बताए । फिल्म प्रदर्शनमा आउँदा देशको अर्थतन्त्र चलायमान हुन सहयोग पुग्ने उनको बुझाइ छ ।

उनी भन्छन्, ‘आन्दोलनले देशको अर्थतन्त्र नै थला परेको छ । हामी सबैले आफ्नो क्षेत्रबाट अर्थतन्त्र चलायमान बनाउन योगदान गर्न आवश्यक छ । मेकरकारुमा मैले चाहिँ अर्थतन्त्र चलायमान बनाउन फिल्म प्रदर्शनमा ल्याउने सोच बनाएको हो ।’

निर्देशक तथा निर्माता सन्तोष पनि फिल्म प्रदर्शनमा आउँदा देशको अर्थतन्त्र चलायमान हुन सहयोग पुग्ने बुझाइका साथ ‘बलिदान’ पूर्वनिर्धारित मितिमै प्रदर्शनमा ल्याउने निर्णयमा पुगेका हुन्।

उनी भन्छन्, ‘देशको अवस्था कहिले सामान्य हुने हो थाहा छैन । पर्खेर बस्ने कुरा पनि भएन । फिल्म प्रदर्शनमा आयो भने आर्थिक कारोबार हुन्छ । फिल्म प्रदर्शनमा आउँदा अर्थतन्त्र र मनोरञ्जन क्षेत्रलाई पनि योगदान पुग्छ ।’

‘बलिदान’को ट्रेलर यही साता सार्वजनिक हुने फिल्म सम्पादनका लागि मुम्बईमा रहेका सन्तोषले बताए ।

उनी भन्छन्, ‘म यही साता फिल्म लिएर नेपाल फर्किन्छु । यही साता ट्रेलर रिलिज गर्छौं ।’

‘हरिबहादुरका जुत्ता’का निर्माता मोहित पनि पूर्वनिर्धारित मितिमै फिल्म प्रदर्शनमा ल्याउन टिमले तयारी गरिहेको बताउँछन् ।

उनी भन्छन्, ‘लक भएकै डेटमा फिल्म ल्याउने तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’

भदौं २४ गते जेन-जीको आनदोलनले हिंसात्मक रुप लिएपछि चलचित्र संघले फिल्म हलहरु बन्द गर्ने निर्णय गरेको थियो ।

संघको ‘सोमबारबाट हल सुचारु गर्ने निर्णय’ले पनि यी फिल्महरुलाई दशैंमा प्रदर्शन ल्याउन बाटो खुलेको छ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ३ : १५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको