विध्वंशले निम्त्याएको तनाव कसरी व्यवस्थापन गर्ने ? « Khabarhub

विध्वंशले निम्त्याएको तनाव कसरी व्यवस्थापन गर्ने ?


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जेनजीको आन्दोलनमा स्कूले पोसाकमा थुप्रै किशोर किशोरीले वीरगति प्राप्त गरे । सुशासन माग गरेर उद्घोष गरिएको आन्दोलन हिंसात्मक मात्र बनेन थुप्रै अमानवीय अपराधका घटना सामाजिक सञ्जालबाट बाहिरियो । कतिलाई घरभित्रै जलाइयो । प्रदर्शनकारी सरकारी कार्यालय खरानी बनाए ।  आन्दोलनमा ७२ जनाको ज्यान गयो । १७ सय बढी घाइते भए । 

हजारौँलाई रोजगार दिँदै आएका निजी क्षेत्र ध्वस्त बनाइँदा रोजगारीको असुरक्षा बढ्यो । घरबार खरानी भएकाहरूमा सम्पत्ति गुमाएको पीडा थपियो । यी सबै कारणले आम नागरिकमा मानसिक तनावको अवस्था सिर्जना भयो ।

राजनीतिक शून्यताबीच भविष्यको चिन्ताले जनस्तरमा असुरक्षा महसुस गराएको छ । धेरै अनिद्राको सिकार भएका छन् । परिवारको सदस्य गुमाएकाहरू विक्षिप्त बनेका छन् । 

यस्तो अवस्थामा सम्हालिन नसक्दा विभिन्न खालका मानसिक समस्याहरू बढ्ने खतरा रहेको मनोविद् पदमप्रसाद घिमिरे बताउँछन् । यस्तो चरम निराशा कसरी उत्पन्न भयो ? र यसले कसरी विष्फोटक रूप लियो ? अब आउने नेतृत्वले सृजनात्मक क्रियाकलाप कसरी लैजाने ? आम मानिसको पीडा र आक्रोशलाई कसरी सम्बोधन गर्ने ? भन्ने विषयमा यो घटनाले गहिरो शिक्षा प्रदान गरेको उनको विश्लेषण छ । 

यसलाई मध्यनजर गर्न सकियो भने आगामी कार्यक्रममा क्षति न्यूनीकरणका लागि काम गर्न सकिन्छ । ‘यसका लागि बलियो राष्ट्रिय एकता, युवाहरूलाई नेपालमै बस्ने वातावरण कसरी बनाउन सकिन्छ ? भनेर शिक्षा तथा योजनाविद्हरु गहिरिएर लाग्नुपर्छ’ उनले बताए । 

कतिपय देशहरू खरानी भएर माइनसको अवस्थाबाट पनि माथि उठेका उदाहरण दिँदै हाम्रो देशको माटो, वातावरण, संस्कृति र परम्परा हामी अनुकूल रहेकाले मात्र आम्दानीको बाटो खोज्न नजानेकाले दुःख पाइरहेकाले अब त्यो बाटो खोज्न घिमिरेको सुझाव छ । 

कस्ता खालका मानसिक समस्या देखिरहेका छन् ? 

यो घटनाले खास गरी आफ्नो काममा केन्द्रित हुन मन नलाग्ने, मोबाइल धेरै चलाउने, टेलिभिजन धेरै हेर्ने जस्ता कुनै न कुनै कुरामा लागिरहने तर काममा चाहिँ ध्यान केन्द्रित नहुने खतरा हुने उनले बताए । 

उनका अनुसार यो नकारात्मक गुण हो । यसबाट बच्न आफूलाई निराशाबाट आशामा लैजानुपर्ने मनोविद् घिमिरे बताउँछन् । अग्लो भवन बनाउनका लागि गहिरो खाडल बनाएर जग बलियो बनाएजस्तै अहिलेको आक्रोशलाई त्यही बलियो जगका रूपमा लिन उनको सुझाव छ । 

आक्रोशलाई परिवर्तन गर्न सृजनाका योजना बनाउनुपर्ने र चिन्ता भन्दा चिन्तनलाई बढी प्राथमिकतामा राख्नुपर्ने मनोविद् घिमिरेले बताए । 

तनावको व्यवस्थापन कसरी गर्ने ? 

अहिले देखिरहेको तनाव अनिद्रा लगायतका समस्यालाई तत्काल समाधान गर्न आफूलाई कुनै योग तथा व्यायाममा व्यस्त बनाउने, बिहान उठ्ने बित्तिकै खाली खुट्टा दुबोमा हिँड्ने जस्ता क्रियाकलापले पनि नकारात्मक सोच सकारात्मकतर्फ लैजान सहयोग पुग्छ । 

तर आफूलाई सम्हाल्नै सकिएन, प्रेशरको मात्रा बढिरहेको छ, मुटु ढुकढुक भइरहेको छ भने तुरुन्तै मनोविद् या कुनै मनोरोग विशेषज्ञको सल्लाहमा जान उनले सुझाव दिए ।  

मनोविद् घिमिरेका अनुसार प्रतिकुल अवस्थामा केही समय एक हप्ता बढीमा २ हप्तासम्म निद्रा नलाग्ने, मुटु ढुकढुक हुने, जस्ता समस्या देखिन सक्छ । यी प्रतिकूल अवस्थामा देखिने लक्षणहरू हुन् ।

जुन बिस्तारै कम हुँदै जान्छन् । तर लामो समयसम्म लक्षण देखिरह्यो र दैनिकीमा नै असर गर्न थाल्यो भने समस्याको रूपमा लिएर परामर्श लिन आवश्यक रहेको उनले बताए । 

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ६ : ०४ बजे

रौतहटमा बरफ फ्याक्ट्रीमा करेन्ट लागेर एकजनाको मृत्यु

रौतहट – रौतहट जिल्लाको बौधिमाई नगरपालिका–५ कोपवाको बरफ फ्याक्ट्रीमा तार

रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा समस्या

कञ्चनपुर – सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका

इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम

साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनबाट बाहिरियो

गोवा – साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ