जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर « Khabarhub

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिरबिनाको ब्यानर टाँगिएको छ ।

आगजनी गरिएको पाँच दिनपछि एमाले कार्यकर्ताहरूले च्यासलस्थित केन्द्रीय कार्यालयमा ओलीको तस्बिरबिनाको ब्यानर झुन्ड्याएका हुन् ।

‘फेरि उठ्ने छौँ’ लेखिएको उक्त ब्यानरमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारी तथा जननेता मदन भण्डारीको फोटो मात्रै राखिएको छ।

ब्यानरमा ‘नेकपा एमालेको एकता बचाऊँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ पनि लेखिएको छ । यति बेला ओली सेनाको कुनै ब्यारेकमा सुरक्षित रहेका छन् । अब उनी त्यो ब्यारेकबाट कहिले निस्कने टुंगो छैन ।

यसअघि भदौ २० देखि २२ गतेसम्म भएको एमालेको दोस्रो विधान महाधिवेशनमा ओली एकछत्र देखिन्थे । गोदावरीमा भएको विधान महाधिवेशनमा ओलीकै मात्रै तस्बिर ब्यानरदेखि सडकका गेटमासम्म टाँगिएको थियो।

तर जेन-जीको आन्दोलनले उलटफेर हुँदा ओलीबिनाको एमाले परिकल्पना गरिएको हो । पछिल्लो पटक उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा एमाले अघि बढाउने चर्चा चलेको छ ।

तर अहिले एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल र अन्य पहिलो तहका नेता बिदा भएर अब एमालेलाई दोस्रो तहकाले कमान्ड गरर पुनर्जागरण गर्नुपर्ने कुरा चर्को रुपमा उठिरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ८ : २२ बजे

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री