जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर | Khabarhub Khabarhub

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिरबिनाको ब्यानर टाँगिएको छ ।

आगजनी गरिएको पाँच दिनपछि एमाले कार्यकर्ताहरूले च्यासलस्थित केन्द्रीय कार्यालयमा ओलीको तस्बिरबिनाको ब्यानर झुन्ड्याएका हुन् ।

‘फेरि उठ्ने छौँ’ लेखिएको उक्त ब्यानरमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारी तथा जननेता मदन भण्डारीको फोटो मात्रै राखिएको छ।

ब्यानरमा ‘नेकपा एमालेको एकता बचाऊँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ पनि लेखिएको छ । यति बेला ओली सेनाको कुनै ब्यारेकमा सुरक्षित रहेका छन् । अब उनी त्यो ब्यारेकबाट कहिले निस्कने टुंगो छैन ।

यसअघि भदौ २० देखि २२ गतेसम्म भएको एमालेको दोस्रो विधान महाधिवेशनमा ओली एकछत्र देखिन्थे । गोदावरीमा भएको विधान महाधिवेशनमा ओलीकै मात्रै तस्बिर ब्यानरदेखि सडकका गेटमासम्म टाँगिएको थियो।

तर जेन-जीको आन्दोलनले उलटफेर हुँदा ओलीबिनाको एमाले परिकल्पना गरिएको हो । पछिल्लो पटक उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा एमाले अघि बढाउने चर्चा चलेको छ ।

तर अहिले एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल र अन्य पहिलो तहका नेता बिदा भएर अब एमालेलाई दोस्रो तहकाले कमान्ड गरर पुनर्जागरण गर्नुपर्ने कुरा चर्को रुपमा उठिरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ८ : २२ बजे

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको

द क्लिफमा हाइलाइन अभ्यास

काठमाडौं- पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन

नागरिक समूहको अध्यक्षमा दाहाल

काठमाडौं– सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि

रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु

पशुपति क्षेत्रको नामकरणमा ‘विकास’ को ठाउँमा संरक्षण र संवर्द्धन राख्न माग

काठमाडौं– पशुपति क्षेत्र विकास कोषको नामाकरणमा ‘विकास’ लेखिएको स्थानमा संरक्षण