सन्दीपको रवाफमा कतारविरूद्ध नेपालको रोमाञ्चक जित | Khabarhub Khabarhub

सन्दीपको रवाफमा कतारविरूद्ध नेपालको रोमाञ्चक जित


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

मस्कट- ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित हासिल गरेको छ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १९ ओभर ५ बलमै १४२ रनमा समेटिँदा नेपाल ५ रनले विजयी भयो।

नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । स्पिनर सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिँदै जितमा महत्वपूर्ण भूमिका खेले।

यो खेलसँगै सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २५०औं विकेट पूरा गरेका छन्। उनले कतारका ओपनर लियानागेलाई बोल्ड आउट गर्दै यो उपलब्धि हासिल गरेका हुन्।

यसैबीच, सोमबार नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि पनि हात पारेको छ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा राष्ट्रिय टोलीले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेलेको छ।

२०७९ कात्तिक २५ मा पहिलो पटक कप्तान बनेका रोहितको नेतृत्वमा नेपालले अहिलेसम्म १०० अन्तर्राष्ट्रिय खेल खेलेको हो ।

रोहितको कप्तानीमा नेपालले टी–२० आईमा ३०जित, १८ हार र ३ बराबरी खेलेको छ । एकदिवसीयमा २५ जित र २० हारको रेकर्ड रहेको छ। उनको स्थिर नेतृत्व र टोलीको एकतालाई धन्यवाद दिँदै नेपाल अहिले विश्वकपको नजिक पुगेको छ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : २४ बजे

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं – पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धिः बिक्री ४८.९ प्रतिशतले बढ्यो

चेंग्दु – चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा

ट्रम्पद्वारा नेतान्याहूलाई माफी दिन राष्ट्रपति हर्जोगसँग आग्रह

एजेन्सी– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट