मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै « Khabarhub

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो १ बजे मधेश प्रदेशसभा बैठक बस्दैछ ।

प्रदेशसभा सचिवालयले आइतबार एक सूचना जारी गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रअनुसार नेपालको संविधानको धारा, १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को (४) बमोजिम मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सञ्चालनको आह्वान गरिएको जनाएको थियाे ।

जनमत पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका सिंहलाई उनकै पार्टी जनमतसहित नेपाली कांग्रेस, नेकपा एमाले, महन्थ ठाकुर नेतृत्वको लोसपाले समर्थन फिर्ता लिइसकेका छन् । यो अवस्थामा मुख्यमन्त्री सिंह स्पष्ट अल्पमतमा रहँदारहँदै पनि उनले विश्वासको मत लिन लागेका हुन् ।

गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन चर्किएपछि मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको भए पनि स्थिति सामान्य बनेपछि लिखित राजीनामा दिन अस्वीकार गरेका थिए ।

त्यसपछि मुख्यमन्त्री सिंहकै पार्टी जनमतले सुरुमा उनीमाथिको समर्थन फिर्ता लिएर संसदीय दलले कारबाहीको सिफारिस गरेको थियो ।

यसैबीच, मधेश प्रदेशमा नेपाली कांग्रेस, एमाले र जनमत पार्टीले संयुक्त रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णा यादवलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि ५८ जना सदस्यको समर्थनसहितको दाबीमात्र प्रदेश प्रमुखको कार्यालयमा पेश गरिसकेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ८ : ०८ बजे

पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला

भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र सञ्चालनको तयारी

भोजपुर– भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोर्ट्स कम्प्लेक्सलाई भलिबल तथा

कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने

काठमाडौं– नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज सेना दिवस : टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज