सलमान खान र अरिजित सिंहबीचको विवाद टुङ्गिए कै हो त ? « Khabarhub

सलमान खान र अरिजित सिंहबीचको विवाद टुङ्गिए कै हो त ?


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खान र गायक अरिजित सिंहबीच लामो समयदेखि चलिरहेको विवाद अन्ततः टुङ्गिएको छ ।

एक समय बलिउडको सबैभन्दा चर्चित मनमुटाव बनेको उनीहरूको सम्बन्धबारे सलमान खानले हालै खुलासा गर्दै भनेका छन् कि अब उनीहरूबीच कुनै दुश्मनी छैन र सम्बन्ध पुनः मित्रवत् बनेको छ ।

भारतीय रियालिटी शो  ‘बिग बोस विकेन्ड का वार’ कार्यक्रममा हास्य कलाकार रबी गुप्ताले सलमानलाई भेट्न डर लागेको कुरा बताए, किनभने सबैले उनलाई प्रायः अरिजित सिंहसँगको मनमुटावसँग तुलना गर्ने गर्थे ।

यही प्रसङ्गमा सलमान हाँस्दै बोले, अब उनी र अरिजितबीच सबै कुरा ठिक भइसकेको छ । उनले खुलासा गरे कि दुईबीचको विवाद वास्तवमा उनकै तर्फबाट भएको गलत फहमीको परिणाम थियो । सलमान खानले स्पष्ट गर्दै भने कि उनी र अरिजित सिंह अहिले राम्रो साथी बनेका छन् ।

उनका अनुसार त्यो विवाद केवल एक गलत फहमी थियो, जुन उनको तर्फबाट भएको थियो । उनले थपे– ‘त्यसपछि अरिजितले उनका लागि फिल्म टाइगर ३ का लागि गीत गाएका थिए र अहिले गलवान फिल्मका लागि पनि गीत गाइरहेका छन् ।’

यो मनमुटावको कथा सन् २०१४ बाट सुरु भएको थियो । त्यो वर्ष सलमान खानले एक पुरस्कार समारोह होस्ट गरिरहेका बेला अरिजित सिंह पुरस्कार लिन स्टेजमा आएका थिए ।

कार्यक्रमको दौरानमा सलमानले हाँस्दै अरिजितलाई सोधे, ‘तिमी सुतिरहेका थियौ कि क्या हो ?’ लगातार प्रस्तुतीकरणबाट थकित अरिजीतले व्यङ्ग्यात्मक रूपमा जवाफ दिए कि होस्टहरूको हर्कत, मजाक र  व्यवहारले उनको निद्रा लागेजस्तो बनायो ।  उनको यो भनाइलाई सलमानले अपमानका रूपमा लिए, जसका कारण दुवैबीच मनमुटाव सुरु भयो।’

अरिजितले वर्षौँपछि पनि सम्बन्ध सुधार्ने प्रयास गरे । उनले फेसबुकमा भावनात्मक पोस्ट लेख्दै सार्वजनिक रूपमा सलमानसँग माफी समेत मागेका थिए । त्यति  मात्र नभई अरिजितले आफ्ना गीत सुल्तान फिल्ममा राखिदिन समेत अनुरोध गरे । तर कुनै प्रतिक्रिया नपाएपछि उनले त्यो पोस्ट हटाएका थिए ।

सन् २०२३ अक्टोबरमा सलमान खानको निवासमा दुवैलाई सँगै देखिएपछि उनीहरूबीचको सम्बन्ध पुनः सहज भएको सङ्केत दिएको थियो ।

अब सलमान र अरिजितबीचको पुरानो विवाद अन्त्य भई बलिउडमा फेरि एक नयाँ सुरुवात भएको प्रशंसकहरूले खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ११ : ०५ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न