अमेरिकी राष्ट्रपतिको वार्ता प्रस्तावलाई इरानले दियो आपराधिक व्यवहारको संज्ञा « Khabarhub

अमेरिकी राष्ट्रपतिको वार्ता प्रस्तावलाई इरानले दियो आपराधिक व्यवहारको संज्ञा


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको वार्ता प्रस्तावलाई आलोचना गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इरानको विदेश मन्त्रालयले मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पको संवाद आह्वानको आलोचना गरेको हो।

इरानले वासिङ्टनमाथि वैमनस्यपूर्ण र आपराधिक व्यवहार गरेको आरोप लगाएको छ।

ट्रम्पले इजरायली संसद्मा दिएको सम्बोधनमा तेहरानसँग सम्झौताका लागि तयार रहेको बताएका थिए।

गत जुन महिनामा अमेरिकाले इजरायलसँग मिलेर इरानी आणविक केन्द्रहरूमाथि हमला गरेको थियो।

यसअघि तेहरानसँग भएको पाँच चरणको परोक्ष आणविक वार्ता घरेलु यूरेनियम समृद्धिकरणजस्ता विषयमा विवाद भएपछि रोकिएको थियो।

पश्चिमा देशहरूले इरानमाथि आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

तर तेहरानले आफ्नो आणविक कार्यक्रम केवल नागरिक प्रयोजनका लागि भएको दाबी गरेको छ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १ : ४२ बजे

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी

भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू) 

भोजपुर– नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै

राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार

म्याग्दी– म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र

काठमाडौं– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख