अमेरिकी राष्ट्रपतिको वार्ता प्रस्तावलाई इरानले दियो आपराधिक व्यवहारको संज्ञा « Khabarhub

अमेरिकी राष्ट्रपतिको वार्ता प्रस्तावलाई इरानले दियो आपराधिक व्यवहारको संज्ञा


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको वार्ता प्रस्तावलाई आलोचना गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इरानको विदेश मन्त्रालयले मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पको संवाद आह्वानको आलोचना गरेको हो।

इरानले वासिङ्टनमाथि वैमनस्यपूर्ण र आपराधिक व्यवहार गरेको आरोप लगाएको छ।

ट्रम्पले इजरायली संसद्मा दिएको सम्बोधनमा तेहरानसँग सम्झौताका लागि तयार रहेको बताएका थिए।

गत जुन महिनामा अमेरिकाले इजरायलसँग मिलेर इरानी आणविक केन्द्रहरूमाथि हमला गरेको थियो।

यसअघि तेहरानसँग भएको पाँच चरणको परोक्ष आणविक वार्ता घरेलु यूरेनियम समृद्धिकरणजस्ता विषयमा विवाद भएपछि रोकिएको थियो।

पश्चिमा देशहरूले इरानमाथि आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

तर तेहरानले आफ्नो आणविक कार्यक्रम केवल नागरिक प्रयोजनका लागि भएको दाबी गरेको छ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १ : ४२ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य