‘नर्सलाई सरकारले तोके बमोजिमको पारिश्रमिक दिन सकिदैन’ « Khabarhub

‘नर्सलाई सरकारले तोके बमोजिमको पारिश्रमिक दिन सकिदैन’


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले नर्सलाई सरकारले तोके बमोजिमको पारिश्रमिक दिन नसक्ने जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउदै नेपाल सरकार सरह पारिश्रमिक र सेवा सुविधा दिन नसक्ने भन्दै एसोसिएसनले सरकारलाई चुनौती दिएको हो । 

एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीले मन्त्रालयलाई पठाएको पत्रमा निजी मेडिकल कलेज तथा डेन्टल कलेजहरूको आर्थिक संरचना लगानी मोडेल र सेवा सञ्चालन प्रणाली सरकारी संस्थानभन्दा पूर्ण रुपमा फरक भएकाले समान पारिश्रमिक दिन नसकिने जनाईएको छ । 

मन्त्रालयले २०८१ मंसिर २७ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीका लागि न्यूनतम पारिश्रमिक (३४७३० रुपैयाँ) र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको थियो । 

मन्त्रालयको निर्देशन पछि सेवा सुविधा नपाएको भन्दै कास्कीको मणिपाल मेडिकल कलेजका नर्सहरूले आन्दोलनमा छन्। नर्सहरूको आन्दोलनपछि मन्त्रालयले पुन पत्र पठाउदै सरकारी बमोजिम पारिश्रमिक दिन निर्देशन दिएको थियो । 

मन्त्रालयको निर्देशन पछि एसोसिएसनले पारिश्रमिक बढाउन नसकिने भन्दै पत्र पठाएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १ : २० बजे

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र