हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, इजरायली सेनाको दाबी : बन्धक अवस्थामै हत्या गरिएको हुन सक्छ « Khabarhub

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, इजरायली सेनाको दाबी : बन्धक अवस्थामै हत्या गरिएको हुन सक्छ


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- हमासले सोमबार हस्तान्तरण गरेका मृतक चार बन्दीको शवमध्ये एउटा नेपाली २४ वर्षीय युवक विपिन जोशीकै भएको पुष्टि स्वास्थ्य परीक्षणले गरेको छ।

जेरुसेलम पोस्टका अनुसार इजरायली सेनाले (आईडीएफ) ले मंगलबार मृतकमध्ये गाई इलुज र विपिन जोशीका अवशेष प्राप्त भएको जनाएको छ। हमासले रेडक्रसमार्फत् बुझाएका शवका अवशेषमध्ये गाई इलुज र विपिनको भएको पुष्टिपछि आईडीएफले परिवारलाई जानकारी गराएको छ ।

इजरायलस्थित राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थाले पहिचान प्रक्रिया पूरा गरेपछि यो घोषणा गरिएको हो। उक्त प्रक्रिया इजरायल प्रहरी र सैनिक रब्बिनेटको सहकार्यमा सम्पन्न गरिएको आईडीएफले जनाएको छ।

गाई इलुजलाई जिउँदै अपहरण गरिएको थियो । उनको बन्धक अवस्थामै उपचार नपाएका चोटका कारण उनको मृत्यु भएको हुन सक्ने आईडीएफले जिकिर गरेको छ ।

उता नेपाली युवक विपिन जोशीको भने बन्धक अवस्थामै हत्या गरिएको हुन सक्ने विश्वास इजरायली सेनाले गरेको छ । यद्यपि यस कुराको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : ४३ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य