गौरव ऐरलाई आक्रमण गरेको अभियोगमा ११ जना पक्राउ « Khabarhub

गौरव ऐरलाई आक्रमण गरेको अभियोगमा ११ जना पक्राउ


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम–  कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम् होटेलमा दुई दिनअघि ३२ वर्षीय गौरव ऐरमाथि गरिएको आक्रमणको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगअन्तर्गत उनीहरूलाई प्रहरीले आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले धनगढी उपमहानगरपालिका, नेपाल–भारत सीमामा रहेको त्रिनगर भन्सार क्षेत्रबाट आरोपित व्यक्तिहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिकाका भीम नेपाली, अनुपम सिंह, मुस्कान सिंह, बबिन सिंह, गोपाल भट्ट, विशाल बोहरा, प्रिन्स सिंह र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका किरण महरा, गोविन्द बलायर तथा पुनर्वास नगरपालिकाका दिनेश बिक र अनिल बिक छन् ।
 
उक्त होटेलमा दुई दिनअघि धारिलो हतियार प्रहार गरी डडेलधुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय ऐरमाथि आक्रमण भएको थियो । गम्भीर घाइते ऐरको हाल भारतको रुद्रपुर अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : ४२ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति