मधेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत  « Khabarhub

मधेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत 


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत भएको छ । 

प्रदेशसभामा आफ्नो पक्षमा विश्वासको मत नआउने भएपछि सिंहले राजीनामा दिएका हुन् । मंगलबार नै प्रदेश प्रमुख सुमित्रा भण्डारीले सिंहको राजीनामा स्वीकृत गरेकी हुन् ।

मंगलबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मधेश प्रदेशसभा बैठकमा सम्बोधन गर्दै सिंहले नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आफूले राजीनामाको घोषणा गरेको बताए  । 

सो क्रममा सिंहले आफू राजनीतिक गणितका लागि नभई जनताको हित र संवैधानिक सर्वोच्चताका लागि उभिएको बताए  । सङ्कटमा सच्चा मित्र र सच्चा चरित्रको परीक्षा हुने भन्दै सिंहले आज आफू यही परीक्षामा रहेको बताए  । उनले मधेश र मधेशी जनताको भलाइ भन्दा व्यक्तिगत स्वार्थ आफूले नराखेको धारणा राखे । 

जनमत पार्टीबाट मुख्यमन्त्री रहेका सिंहलाई पार्टीका अध्यक्ष डा सीके राउतले राजीनाको निर्देशन दिएपछि उनले राजीनामा दिएका थिए । 

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ४ : १९ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक