भूमिहीनलाई जग्गा माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

भूमिहीनलाई जग्गा माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने भन्दै अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोवासी र श्रमजीवी जनताको अधिकार कुण्ठित गरेको भन्दै उनीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका हुन् । उनीहरूले भूमि समस्या समाधान आयोग पुनर्स्थापना गर्नुपर्ने माग राखेका छन् ।

प्रदर्शनमा सहभागीहरूले भूमिहीनलाई जमिन दे, भूमि आयोग पुर्नस्थापना गर लगायतका प्लेकार्ड देखाएका थिए । त्यसैगरी उनीहरूले काठमाडौं महानगरका प्रमुख बालेन शाहले किसानलाई होच्चाउने काम गरेको भन्दै किसानसंग माफी माग्नुपर्ने जनाएका छन् ।

भूमि समस्या समाधानका लागि प्रदान गरिएको कार्यादेशको आधारमा आयोगले प्रभावकारी ढंगले कार्य गरिरहेको अवस्थामा बिघटन गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै महासंघ र संगठन आन्दोलित भएका हुन् ।

उनीहरूले असोज २९ गते मुलुकका ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने जनाएका छन् । 

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : ४९ बजे

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले