‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश « Khabarhub

‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार हरिवंश आचार्य दर्शकलाई भेट्न नेपालगञ्ज पुगेका छन् ।

त्यहाँ पुगेर बुधबार उनले दर्शकसँग आफ्नो लेखन र अभिनय रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रत्यक्ष प्रतिक्रिया लिएका हुन् ।

उनले नेपालगञ्जको सिनेरोयल हलमा उपस्थित दर्शकलाई भेटका हुन् ।

उनले आजै बागेश्वरी क्यूएफएक्सका फिल्म हेर्न आएका दर्शकलाई भेट्ने तालिका रहेको छ ।

‘हरिबहादुरको जुत्ता’ गत फूलपातीबाट प्रदर्शनमा आएको हो । यस फिल्ममा हरिवंशसहित नायिका स्वस्तिमा खड्का, प्रकाश सपुत र दिव्य देव पन्त शीर्ष भूमिकामा छन् ।

यसको निर्देशक दीपेन्द्र के खनाल हुन् ।

हरिवंशको चर्चित पात्र ‘हरिबहादुर’लाई शीर्ष भूमिकामा लिएर यो फिल्म बनाइएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : ४९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको