देउवाको गुनासो : घर जलाएर मात्रै पुगेन, हाम्रो प्रतिष्ठा र छवि गिराउन झूटो प्रचार गरियो « Khabarhub

देउवाको गुनासो : घर जलाएर मात्रै पुगेन, हाम्रो प्रतिष्ठा र छवि गिराउन झूटो प्रचार गरियो


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते जेन-जीका नाममा आफू र आफ्नो परिवारमाथि ज्यानै लिने योजनासहित हमला भएको बताएका छन् ।

मंगलबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले ज्यानै लिने योजनासहित आफू र आफ्नो परिवारमाथि सांघातिक हमला भएको बताएका हुन् । त्यो समूहले बूढानीलकण्ठस्थित घरमा तोडफोड, लुटपाट र आगजनी गरेको पनि उनले बताए ।

‘भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरो परिवारमाथि पनि ज्यानै लिने मनशायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे’, उनले भने ‘सुरक्षाकर्मीको घण्टौँको अथक प्रयासपछि हामीलाई उद्दार गरियो । म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईंहरू जानकार हुनुहुन्छ ।’

देउवाले घर जलाएपछि आफूहरूको बदनाम गर्न खोजिएको पनि बताएका छन् । ‘त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन झुटा प्रचार पनि गरियो। यो केवल म वा मेरो परिवारमाथिको आक्रमण होइन, समग्रमा देश, पार्टी र लोकतान्त्रिक मूल्यहरूमाथिको प्रहार हो।’

राष्ट्र, जनता र पद्दतिका लागि वैचारिक अडान लिँदा यस प्रकारको हमला जुनसुकै बेला पनि आउन सक्ने र सामना गर्ने साहस राख्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनले बताएका छन् । गत भदौ २३ र २४ गतेको घटनालाई उनले देश, पद्दति र पार्टीमाथिको आक्रमण भनेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ६ : ३७ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति