युद्धविरामपछि पनि रोकिएन इजरायली आक्रमण, कम्तीमा नौ प्यालेस्टिनीको ज्यान गयो « Khabarhub

युद्धविरामपछि पनि रोकिएन इजरायली आक्रमण, कम्तीमा नौ प्यालेस्टिनीको ज्यान गयो


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

गाजा- युद्धविराम सुरू भएको साता बित्न लाग्दा पनि गाजा क्षेत्रमा इजरायली आक्रमण रोकिएको छैन ।

गाजाको खान युनिस क्षेत्रमा मंगलबार इजरायली ड्रोन आक्रमण भएको खबर प्राप्त भएको छ।

दक्षिण गाजाका चिकित्सक स्रोतहरूले अल जजिरालाई बताएअनुसार खान युनिसमा इजरायली ड्रोन आक्रमण भएको हो ।

जसमा कम्तीमा पनि ९ जनाको हताहती भएको खबर आएको छ।

यसैबीच इजरायलबाट ४५ जना प्यालेस्टिनी कैदीको शव फिर्ता गरिएको छ ।

चिकित्सक स्रोतहरूले अल जजिरालाई बताएअनुसार रेडक्रसले इजरायलबाट ४५ जना प्यालेस्टिनी कैदीका शव प्राप्त गरेको छ।

शवहरूको मृत्युको कारण पत्ता लगाउन परीक्षण भइरहेको छ। संयुक्त राज्य अमेरिका, इजिप्ट, टर्की र कतारको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गत करिब २ हजार जना जीवित कैदीहरू सोमबार इजरायलका जेलहरूबाट रिहा भएका छन्।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ७ : १८ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य