भेपमा सुन तस्करी : पूर्वसभामुख महराको मुद्दामा थुनछेक बहस सकिएन, हिरासतमै फर्काइयो « Khabarhub

भेपमा सुन तस्करी : पूर्वसभामुख महराको मुद्दामा थुनछेक बहस सकिएन, हिरासतमै फर्काइयो


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराको मुद्दामा थुनछेक बहस नसकिएपछि जिल्ला प्रहरीपरिसर काठमाडौंको हिरासतमै फर्काइएको छ ।

दुबईबाट आएको जहाजमा विद्युतीय चुरोट (भेप) मार्फत् ९ किलो सुन तस्करी गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले यही आइतबार पक्राउ गरेर सोमबार मुद्दाको फाइल अदालतमा पेश गरेको थियो ।

मंगलबार काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महराको बकपत्र र थुनछेक बहस भएको थियो । तर बहस नसकिएकाले उनलाई हिरासतमै फर्काइएको हो ।

सीआईबीले सोमबार मात्रै महरालाई अभियोगपत्रसहित अदालतमा उपस्थित गराएको थियो । उनीविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।

सरकारी वकिलको कार्यालयका अनुसार महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार बराबरको बिगो मागदाबी गरिएको थियो । यो मुद्दामा मंगलबारदेखि थुनछेक बहस अघि बढेको हो ।

चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करीमा महराको संलग्नता देखिएको दाबी सीआईबीले गरेको छ। महराविरुद्ध कसुरको पूरक अभियोग सोमबार नै दर्ता भएको थियो ।

यसअघि बिहीबार मात्रै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर बयान दिएका थिए ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका उनलाई अन्तरिम सरकारले फेरि अनुसन्धानमा तानेको हो । अख्तियारमा बयान दिएर आएको तीन दिनपछि नै महरा सीआईबीको हिरासतमा पुगे ।

यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा पक्राउ परेका उनलाई बिरामी भएको बहानामा हाजिरी जमानीमा छाडिएको थियो ।

त्यसबेला प्रधानमन्त्री पनि माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । महरामाथि तीनवर्षअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको प्रकरणमा अख्तियारले अनुसन्धान गरेको थियो।

भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर माओवादीका उपाध्यक्ष उनी सत्ता र शक्तिको भरमा बाहिरै थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ७ : २९ बजे

वन्यजन्तु सप्ताह : सचेतना र संरक्षणमा जोड

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ– सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत– पर्वतको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी

जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ पढ्नै पर्छ : साहित्यकार कृष्ण उदाशी

मोरङ– केही समयअघि प्रकाशित ‘पानीको पर्खाल’ कवितासङ्ग्रहका लेखक हुन्– साहित्यकार

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका