भूमि आयोग फर्काउनुपर्ने मागसहित एमालेका दुई जनसंगठन सडकमा « Khabarhub

भूमि आयोग फर्काउनुपर्ने मागसहित एमालेका दुई जनसंगठन सडकमा


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) निकट भूमि अधिकार तथा श्रमिक संगठन नेपाल र अखिल किसान महासंघले काठमाडौँमा संयुक्त प्रदर्शन गरेका छन्।

मंगलबार अपराह्न भूमि अधिकार तथा श्रमिक संगठन नेपालको आह्वानमा काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन गरिएको हो।

सभामा बोल्दै भूमि अधिकार तथा श्रमिक संगठन नेपालका अध्यक्ष इन्द्र तामाङले सरकारले तत्काल आयोग पुनःस्थापना नगरे आन्दोलनको आँधी ल्याउने चेतावनी दिए।

उनले गरिब किसानको हितमा स्थापना गरिएको आयोग खारेज गरेपछि आफूहरू सडक आन्दोलनमा जानुपरेको पनि स्पष्ट पारे।

किसान महासंघका अध्यक्ष दंगालले भने, ‘भूमि समस्या समाधान अयोग अविलम्ब पुनःस्थापना होस् । सरकारले तत्काल निर्णय सच्याओस्।’

सरकारले निर्णय फिर्ता नलिए ५ लाखभन्दा बढी श्रमिक तथा किसान सडकमा उतारेर आन्दोलन गर्ने चेतावनी उनले दिए । 

भूमि अधिकार तथा श्रमिक संगठन नेपाल महासचिव उमेश आचार्यले जेन-जी आन्दोलनपछि एमालेको जनसंगठनमध्ये सडकमा पहिलो भूमि अधिकार तथा श्रमिक संगठन उत्रिएको बताए। प्रदर्शनका क्रममा सरकारविरुद्ध चर्को नाराबाजी भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ७ : ५० बजे

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग