खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण « Khabarhub

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन क्षेत्रमा रूसले संयुक्त राष्ट्रसंघको राहत सामग्री बोकेको सवारीमाथि आक्रमण गरेको युक्रेनी अधिकारी र संयुक्त राष्ट्रसंघले बताएका छन् । घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार, चारवटा सवारी साधनबाट राहत लिएर फ्रन्टलाइनमा रहेको बिलोजेर्का नगर जाँदै गरेको टोलीमाथि रूसी (ड्रोन) र तोपबाट आक्रमण गरिएको हो ।

“संयुक्त राष्ट्रसंघको नाम स्पष्ट रूपमा अंकित गरिएको चारवटा मानवीय सहायता बोकेको गाडीहरू रूसी सेनाको आक्रमणको सिकार बने,” संयुक्त राष्ट्रसंघको विज्ञप्तिमा भनिएको छ ।

“यस्ता आक्रमणहरू पूर्ण रूपमा अस्वीकार्य छन् । राहतकर्मीहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले सुरक्षा दिएको हुन्छ र उनीहरूलाई लक्षित गर्नु हुँदैन,” युक्रेनका लागि संयुक्त राष्ट्रसंघीय मानवीय समन्वयकर्ता माट्थियास श्मालेले बताए।

उनले जानकारी दिएअनुसार, संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम अन्तर्गत रहेका दुई गाडीहरू क्षतिग्रस्त भएका छन् भने बाँकी दुई गाडी भने सुरक्षित छन् ।

संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्य एजेन्सी यूएनएफपीएले ती गाडीहरू ८०० व्यक्तिगत राहत सामग्री बोकेका जनाएका थिए, जुन जेष्ठ नागरिक, महिला र किशोरीहरूका लागि अत्यावश्यक सामानहरू थिए ।

“उक्त क्षेत्रमा जेष्ठ नागरिकहरूको सङ्ख्या अत्यधिक छ, र धेरैजसोले बमबारी र ड्रोन आक्रमणका कारण अन्यत्र जान सक्दैनन् । उहाँहरूको जीविकोपार्जन राहतमै निर्भर छ,” युक्रेनका लागि यूएनएफपीएका प्रतिनिधि ज्याकलिन माहोनले बताउनुभयो ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : ०७ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा