बतासेडाँडाबाट देखिएको हिमालको संसार (फोटो फिचर) « Khabarhub

बतासेडाँडाबाट देखिएको हिमालको संसार (फोटो फिचर)


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पाल्पा– तानसेनबाट करिब ३ किलोमिटर उकालोमा अवस्थित बतासेडाँडा पछिल्ला वर्षहरूमा पहाडी दृश्य प्रेमीहरूको मन काढ्ने प्रमुख भ्यू पोइन्ट बनेको छ । 

मौसम खुलेको दिनमा यहाँबाट पश्चिमतर्फका काञ्जिरोवा हिमालदेखि पूर्वतर्फ जुगल हिमालसम्म फैलिएको विशाल हिमशृङ्खला एकै नजरमा हेर्न सकिन्छ। करिब ५० भन्दा बढी हिमशिखरहरू यस ठाउँबाट देखिन्छन्।

पश्चिमतर्फ काञ्जिरोवा रेंजका हिउँचुली पाटन र काञ्जिरोवा हिमालस त्यसपछि धौलागिरी शृङ्खलाका पुथा हिउँचुली, चुरेन, धौलागिरी १ देखि ६ सम्म तथा टुकुचे हिमाल स्पष्ट देखिन्छन्।

मध्यभागतर्फ अन्नपूर्ण शृङ्खलाका निलगिरिदेखि तिलिचो, वराहशिखर, अन्नपूर्ण!, दक्षिण, हिमचुली, खाङसार काङ, तारे काङ, गंगापूर्ण, अन्न ३, माछापुच्छ्रे, अन्न ४, अन्न २ र लमजुङ हिमाल सुन्दर रूपमा देखा पर्छन्।

त्यसैगरी मानसीरी शृङ्खलाका मनास्लु, ङादी चुली, हिमालचुलीस गणेश हिमालका गणेश २, पविल, सलासुङ्गोस लाङटाङ क्षेत्रको लाङटाङ लिरुङ् तथा जुगल हिमाल क्षेत्रका केही शिखरहरू पनि दृश्यमा समेटिन्छन्।

स्थानीयका भनाइअनुसार २००० सालअगाडि यहाँबाट हिमशृङ्खला अझै प्रस्ट देखिन्थ्यो। यद्यपि आज पनि बादलरहित दिनमा बतासेडाँडा पुगेको जो कोहीका लागि यो दृश्य जीवनभर याद रहने बन्छ ।


प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १० : १२ बजे

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना

पोखरेलीलाई ‘कनेक्टिभिटी’ सहज बनाउन पूर्वेलीको सुझाव

गण्डकी– पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’