कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह « Khabarhub

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरूको अभिभावक बनेर काम गर्न त्यहाँस्थित नेपाली दूतावासका अधिकारीलाई आग्रह गरेका छन् । दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दै आज उनले त्यहाँ रहेका नेपालीको हक, अधिकार र समस्याको सहजिकरणमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् । 

सञ्चारमन्त्री खरेलले नेपाल र कोरियाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालमा लगानी भित्र्याउने वातावरण बनाउनका लागि पनि भूमिका खेल्न राजदूतलाई आग्रह गरे । दूतावासको भूमिकाका विषयमा विभिन्न गुनासा आइरहेकाले दुई देशबीच सम्बन्ध र सहयोग विस्तारमा प्रभावकारी भूमिका खेल्न, दुई देशबीचको आपसी हित र सहकार्यबारे पहलकदमी लिन आग्रह गरेको मन्त्री खरेलको सचिवालयले जनाएको छ । 

राजदूत डा. शिवमाया तुम्बाहाम्फेले सीमित कर्मचारी, केही गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) को विवादका कारण प्रभावकारी काम गर्न नसकिएको र विवादमा ल्याउन खोजिएको उल्लेख गरे। उनले नेपाल र नेपालीको हक,  हितमा काम गर्न आफू प्रतिबद्ध रहेको बताइन् । 

सोही अवसरमा सञ्चारमन्त्री खरेलले दक्षिण कोरियाको सिओलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को हवाई उडान सञ्चालनका लागि पहल गर्न पनि दूतावासको ध्यानाकर्षण गराए। उनले कोरियामा रोजगारीका लागि आएका नेपालीले मानसिक स्वास्थ्यका कारण भोगिरहेका विभिन्न खाले समस्याको समाधानका लागि पहल गर्न पनि आग्रह गरे। सञ्चारमन्त्री खरेलले दूतावासमा दरबन्दीअनुसार थप जनशक्ति पठाउन पहल गर्ने प्रतिबद्धतासमेत जनाए। 

उनले नेपाल ‘जेन-जी’ प्रदर्शनपछि स्थिरता कायम भई देश लयमा फर्किएको र निर्वाचनउन्मुख भएको सन्देश दूतावास र कूटनीतिक नियोगले प्रवाह गर्नुपर्नेमा जोड दिए । 

दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते त्यहाँ गएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ११ : ४९ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका