बिहार विधान सभा चुनाव : एनडीएको सुनामीमा डुब्नेतर्फ आरजेडीको लालटिन | Khabarhub Khabarhub

बिहार विधान सभा चुनाव : एनडीएको सुनामीमा डुब्नेतर्फ आरजेडीको लालटिन


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

पटना- बिहार विधानसभा चुनावमा शुक्रबार २४३ सिटको नतिजा सार्वजनिक हुँदैछन्। बिहारमा मुख्य प्रतिस्पर्धा भाजपा नेतृत्वको एनडीए र कंग्रेस नेतृत्वको विपक्षी महागठबन्धनबीच छ।

यता प्रशान्त किशोरको जनसुराजले पनि केही क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाएको छ। बहुमतका लागि बिहारमा १२२ सिट आवश्यक छ।

एनडीए र महागठबन्धन दुवैले आफ्नो जीतको दाबी गरेका छन्। रेकर्ड मतदानलाई लिएर पनि उनीहरूका व्याख्या फरक छन्।

एनडीएले यसलाई सुशासनको समर्थनमा आएको जनादेश बताइरहेको छ । विपक्षले यसलाई परिवर्तनको चाहना ठानेको छ। तर अहिलेसम्मको परिणामले लामो समयसम्म मुख्यमन्त्री रहेका नीतिश कुमारलाई फेरि मौका दिने देखिएको छ।

बिहारमा अहिलेसम्म एनडीएले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। नीतिश–भाजपा गठबन्धन राज्यमा दोस्रो ठूलो जीततर्फ अघि बढेको देखिन्छ।

सन् २०१० मा बिहारमा यो गठबन्धनले २०६ सिट जितेको थियो । यस पटक पनि स्थितिले त्यही परिणामतर्फ संकेत गरिरहेको छ।

एनडीएले मगध र भोजपुर क्षेत्रमा उल्लेखनीय सफलता पाएको छ। भोजपुरमा साढे ११ बजेको रुझानअनुसार गठबन्धन अघिल्लो चुनावभन्दा २२ बढी, कुल ३३ सिटमा अगाडि छ।

मगाध क्षेत्रमा १७ सिटको फाइदासहित एनडीए गठबन्धन ३४ सिटमा अगाडि छ। तिरुहतबाहेक बाँकी पाँचै अञ्चलमा एनडीएलाई लगभग लहरजस्तै समर्थन मिलिरहेको छ।

अंग क्षेत्रमा मजबुत पकड कायम रहेको छ। उता मिथिलाञ्चलमा पनि राम्रो सफलता मिलेको छ एनडीएलाई ।

महागठबन्धनको परम्परागत ‘गढ’ मानिने सीमाञ्चलमा पनि एनडीएले प्रवेश गर्दै सन् २०२० को तुलनामा आठ सिट बढी जित्ने संकेत देखिएको छ।

बिहार विधानसभा चुनावका सबै २४३ सिटसहित पञ्जाब, ओडिशा, राजस्थान, झारखण्ड, तेलंगाना, मिजोरम र जम्मू–कश्मीरका आठ विधानसभा सिटमा भएको उपनिर्वाचनका मतगणना जारी छ।

बिहारको रुझानबारे आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले जनता नरेन्द्र मोदीकै पक्षमा रहेका देखाएको बताएका छन्। उनले विशाखापट्टनम समिटमा भने, ‘प्रधानमन्त्री मोदीमा जति विश्वास जनताले राख्छन्, त्यति विश्वास अरू कुनै नेतामा छैन।’

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १२ : ०० बजे

‘जेन-जी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण गरियो 

काठमाडौं– सरकारले ‘जेन-जी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण

‘जारी २’मा १४ ‘डिरेक्टर्स कट’ थपेकोबारे यसो भन्छन् निर्देशक उपेन्द्र सुब्बा

काठमाडौं – ‘जारी २’का निर्देशक उपेन्द्र सुब्बाले प्रदर्शनको चौथो दिनमा

‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक’

काठमाडौं– आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । यो

यातायात व्यवस्था विभागको सेवा पुनः ठप्प 

काठमाडौं– यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या आएको छ

‘जिवनको हरेक चरणमा मधुमेह’ भन्ने नाराका साथ विश्व मधुमेह दिवस मनाइँदै 

काठमाडौं– आज विश्व मधुमेह दिवस । नेपालमा जीवनको हरेक चरणमा