विवाद नमिलेपछि केन्द्रीय समिति रोकेर कांग्रेसमा डाकियो कार्यसम्पादन समिति बैठक « Khabarhub

विवाद नमिलेपछि केन्द्रीय समिति रोकेर कांग्रेसमा डाकियो कार्यसम्पादन समिति बैठक


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यसम्पादन समिति बैठक बोलाएको छ।

दुई सातादेखि जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यवहाक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पदान समिति बैठक बोलाएका हुन् ।

कांग्रेसमा महाधिवेशन र विशेष महाधिवेशनलाई लिएर रडाको चलिरहेका बेला खड्काले कार्यसम्पादन समितिको बैठक राखेका हुन् ।

महाधिवेशनको विवाद समाधानको उपाय खोज्न खड्काले कार्यसम्पादन समिति बैठक राखेका हुन् । यो बैठक शुक्रबार दिउँसो १ बजे ललितपुरको धोविघाटमा बस्ने तालिका छ । बैठकको मुख्य एजेन्डा महाधिवेशनको मितिबारेको विवादलाई निष्कर्षमा पुर्‍याउनु रहेको छ।

कांग्रेसमा संस्थापन पक्ष फागुन २१ गतेको चुनावपछि मात्रै महाधिवेशनमा जानुपर्ने अडानमा छ । तर डा. शेखर कोइराला नेतृत्वको इतर पक्ष भने चुनावअघि नै महाधिवेशनको पक्षमा छ । यदि महाधिवेशन गर्न नस्कने भएमा विशेष महाधिवेशन गर्नुपर्ने मत इतर पक्षको छ ।

यो विवाद मिलाउन गत असोज २८ गतेदेखि केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । तर अझैसम्म उक्त बैठकले निचोड निकाल्न सकेन ।

बैठकमा महामन्त्री गगनकुमार थापाले यही कात्तिक १९ गते पुस १६ देखि १९ गतेसम्म महाधिवेशन प्रस्ताव पेस गरेका थिए। उता संस्थापनका सह-महामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने काउन्टर प्रस्ताव राखेका थिए ।

त्यसपछि पनि विवाद सुल्झिनुको साटो झन् झन् तनाव बढेको छ । बिहीबार पनि पदाधिकारीहरूले समेत बोलेका थिए । तर उनीहरूबीच पनि कुरा मिल्न सकेन ।

बिहीबारको बैठकमा महामन्त्री थापाले आगामी मंसिर २७ गते विशेष महाधिवेशन गर्नैपर्ने प्रस्ताव गरेका छन्। यस्तोमा केन्द्रीय कार्यसमिति रोकेर कार्यसम्पादन डाकिएको हो । गगनसहितले विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १२ : १४ बजे

निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

काठमाडौं– सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन

तीस वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

धुलिखेल– काभ्रेको महाभारत गाउँपालिकाले ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले हाल