यातायात व्यवस्था विभागको सेवा पुनः ठप्प  « Khabarhub

यातायात व्यवस्था विभागको सेवा पुनः ठप्प 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या आएको छ । आंशिक रूपमा सुचारु भएको विभागको अस्थायी सर्भरमा प्राविधिक समस्या देखिएको हो । 

विभागले कात्तिक १६ गतेबाट सर्भर सुचारु गरेसँगै नयाँ तथा नवीकरणका सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन दिने, तथा छपाइ सेवा सुचारु गरेको थियो । 

शुक्रबार बिहानबाट सर्भरमा समस्या आएपछि उक्त सेवा ठप्प भएको विभागले निकालेको सूचनामा उल्लेख छ । 
इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ । 

भदौ २३ र २४ गते भएको आन्दोलनका कारण विभागमा क्षति पुगेसँगै विभागले दिने सेवा अवरुद्ध भएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : १६ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार