‘जेन-जी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण गरियो  | Khabarhub Khabarhub

‘जेन-जी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण गरियो 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘जेन-जी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको  वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको जानकारी दिए । 

उनका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरिएको छ । सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा.सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । 

घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको छ । जसमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३  र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटक लागेका आधारमा छुट्टाइएको मन्त्रालयले जनाएको छ । वर्गीकरण अनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराइने छ । 

सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणको काम सक्न निर्देशन दिइसकेको छ । 

गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा दुई हजार ५७२ जना घाइते भएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । तीमध्ये ११ जनाको अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : २४ बजे

मादी पुल निर्माण धमाधम : ७२ प्रतिशत भौतिक प्रगति

तनहुँ– मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल

रास्वपा छाडेका सन्तोष जनार्दनको अभियानमा जोडिने

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका पूर्वप्रमुख सचेतक सन्तोष

‘रुसी आक्रमणमा चार जनाको मृत्यु, शहरका विभिन्न भागमा भवन र संरचना नष्ट

किएभ– युक्रेनी अधिकारीहरूले जनाए अनुसार, राति किएभमाथि भएको रुसको आक्रमणमा

महाधिवेशनमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सन्तोष परियारले छाडे रास्वपा

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका एकपछि अर्को नेताले